| आइतवार, माघ १५, २०७९

युवा नेता भर्सेज वयोवृद्ध नेता


शिव उप्रेती :


सर्वप्रथमतः ज्येष्ठ नागरिकप्रति क्षमा याचना गर्दछु, यसले उहाँहरुको आत्मसम्मानमा कुनै ठेस नपुगोस् । यहाँका शव्दहरु त केवल वृद्ध अवस्थाका सत्तालोलुपहरुप्रति लक्षित छन् । वृद्धवयमा पनि देशको वाग्डोर हाँक्ने दुश्साहस गर्नेहरुप्रति लक्षित छ ।

शनिबार ‘अन्तिम संसद’ मा बोल्दै पूर्व प्रधानमन्त्री युवा(स्वतन्त्र) नेतृत्वको लोकप्रियताले आउँदो चुनावमा को को नेता बढारिने हुन् भन्ने पूर्वानुमान गरे । आफैलाई सर्वेसर्वा ठान्ने वयोवृद्ध नेताहरुका माझ कम्तिमा यत्ति सोच्ने नेता त रहेनछन् ।


पहिले सर्भेक्षण गर्नुपर्छ, आज मतदाताको बजारमा कस्तो उम्मेद्वारको माग छ ?विश्व परिवेशसंग एकाकार भएका आजका मतदाता कस्ता उम्मेद्वार पाए खुशी हुन्छन्, सबै पार्टीले गम्भीता पूर्वक सोच्नुपर्छ ।


अहिले केही स्वतन्त्र जनप्रतिनिधि किन हाइहाइ भएका छन् ? स्वतन्त्र जनप्रतिनिधिले मतदाता वा गैरमतदाताको मन जितेको दृश्य के प्रहशन हो ?सडकदेखि गल्लीसम्म, चिया पसलदेखि सदनसम्म स्वतन्त्र जनप्रतिनिधिको चर्चा परिचर्चा चल्नु सामान्य विषय होइन । यसमा केही दम छ, यस्ता बिषयलाई कुनै पनि पार्टीले कम आँक्न मिल्दैन । यस विषयलाई नजरअन्दाज गरे वा हाँसो मजाकमा उँडाए ठूलो मूल्य चुकाउनु पर्छ । यसमा दोराय छैन।


यहाँ कुनै व्यक्तिलाई देवत्वकरण गर्न खोजिएको होइन, त्यसैले कसैको नाम काढिएको पनि छैन, तर मतदाताले भर्भराउँदा युवा नेता माग गरिरहेको कुरालाई नकार्न सकिँदैन । ‘यस्ता जोशिला, जाँगरिला, देश–विदेश बुझेका, विषयगत दक्षता भएका, स्वार्थभन्दा माथि उठेर काम गर्न सक्ने, वृद्ध बाल बनिता सबैका मन जितेका, भरोशा लाग्दा उम्मेद्वार’ पाए आजका मतदाता आफू पनि रमाईरमाई भोट हाल्छन् अनि उनका पक्षमा भोट माग्न होमिन्छन् ।


के नेपालका दल सित १६५ सिटमा चुनाव लड्न १६५ जना यस्ता आशा लाग्दा नयाँ नेता छैनन् ? पक्कै छन् ।तर टिकट बाँड्न काउण्टर खोलेर बसेका नेपाली दलका नेताले त्यस्ता भारोशा लाग्दा, भर्भराउँदा नेतालाई चिनेकै छैनन् । उनीहरु २०४८ को चुनावदेखि अहिलेसम्म ‘अहम् व्रह्मास्मि’ भनेर आफैलाई मात्र उम्मेद्वारको स्वघोषणा गरिरहेका छन् । कि आफूजस्ता ७०, ८० बर्ष कटेकालाई ‘अन्तिम पटक’ भन्दै टिकट दिन‘दिन गनेर’ बसेका छन् । यही हो नेपालका लागि अभिसाप ।


उमेर र विभिन्न दीर्घ रोगले थलिएर आफै राम्ररी हिँडन नसक्ने त्यस्ता नेताले देश कसरी हाँक्लान् ? यसमा मतदाता कसरी आश्वस्त होलान्, अनि कुन जोश र जाँगरले नेपाली मतदाता मतदान केन्द्रमा जालान् ?२०४८ सालदेखि निरन्तर चुनावमा उठिरहेका, जितिरहेका वा हारिरहेका, जिते पनि कुनै उल्लेख्य काम नगरेका नेतालाई भोट हाल्न काम विशेषले विदेश गएका, देशकै विभिन्न सहरमा रहेकाहरु भोट हाल्न भनेर विदा लिएर फर्किदैनन् । यसको सप्रमाण दाबीका लागि चुनावमा खसेको मतप्रतिशत हेर्नुपर्छ ।


यसपटकको चुनावको एउटा मुख्य समस्या,यदि पुरानै अनुहारलाई फेरि पनि टिकट दिने हो भने घर छाडेर बाहिर रहेका मतदाता चुनावमा फर्कदैनन् । यो पुस्ताको नजरमा बारम्बार गिरेका नेतालाई, बारम्बार लज्जाजनक खेल खेलेर रमिता बनेका नेतालाई, दशकौंदेखि नेपाली आशा र भरोशामाथि कुठाराघात गरेका नेतालाई भोट हाल्न,मतदाताहरु काम धन्धा छोडेर विदा लिई भोट हाल्न फर्कने छैनन् । हेरौँ, यसपटक नखसेको मतको दर धेरै बढ्नेछ ।


अहिलेको चुनावको अर्को मजाकको बिषय गठबन्धन बनेको छ ।


चुनाव आउन अब दुई महिना मात्र बाँकी छ, अहिलेसम्म कुनै पनिपार्टीले कुनै पनिक्षेत्रको उम्मेद्वारनिश्चितगरेको छैन । गठबन्धन वा गैरगठबन्धन पार्टीमा आस्थावान दूरदराजका मतदाता क्षेत्रसहितको सिट बाँडफाँटको निर्णय बाहिर आउने व्यग्र प्रतीक्षामा छन् । एक महिना लामो बैठकले पनि सिट र क्षेत्र भागबण्डा गर्न नसक्नुमा कार्यदल बीच स्वस्थ रुपमा छलफल भएको विश्वास गर्न मुस्किल छ ।


सिंगै एमाले एकातिर, अर्कातिर गठबन्धनका पाँच दल, चुनावी स्वाद यहीँनेर छ ।


लोकप्रियताका दृष्टिले जे जस्तो भए पनि आकारका हिसावले वर्तमान नेपालका ठूला दल एमाले र कांग्रेस हुन् । कुनै चुनावले एमाले कांग्रेस बनाएको छ, कुनै चुनावले कांग्रेस एमाले बनाएको छ । तेस्रो शक्तिका रुपमा रहेको माओवादी जता थपिन्छ, संसदमा उही दलको पल्ला भारी हुने गरेको छ ।


पाँच बर्षअघिको चुनावमा माओवादी एमालेतिर थपिएको थियो, अहिले कांग्रेसतिर थपिएको छ । त्यसैले नतिजा कस्तो आउला भनेर प्रारम्भिक अनुमान प्रायमा छ ।


तर यो अनुमान प्रारम्भिक मात्र हो, प्राविधिक मात्र हो । जनमन र जनमत कस्तो छ भनेर छाम्न कठिन छ । गठबन्धनको बन्धन तोडेर ‘क्रसभोट’को सम्भावना यसपटक ज्यादै छ । आफ्ना पार्टीको उम्मेद्वार नपाएमा मतदाताले जुन पार्टीका उम्मेद्वार गतिला छन्, त्यतै भोट हाल्ने निश्चित देखिन्छ ।


यसका लागि गोरखाकै उदाहरणमा जाउँ । गोरखामा प्राविधिक हिसावले पहिलो दल माओवादी हो, दोस्रो दल कांग्रेस हो । गोरखा जस्तै अरु नौ वटा जिल्लाहरु छन्, जहाँ पहिलो(माओवादी) र दोस्रो(कांग्रेस) गठबन्धन गरेर तेस्रो दल(एमाले)सित चुनाव लड्नुपर्ने ।


यी जिल्लामा बाँकी ६८ जिल्लामा भन्दा चुनावी दृश्य फरक छ । फरक दृश्य भएकाले मत परिणाम पनि अनुमान गरे भन्दा फरक आउने बलियो सम्भावना छ ।


गोरखामा यसअघिको चुनावमा माओवादीले जितेका सबै क्षेत्र अहिले पनि माओवादीले दाबी गरिरहेको छ । सम्भावना पनि त्यही छ । तर, कटुसत्य यो छ कि, यहाँका अधिकांश कांग्रेसका मतदाताले हँसिया हथौडामा भोट हाल्दैनन् ।
बिगत २०६५ को चुनावदेखि नै गोरखाका कांग्रेस माओवादीसितहार व्यहोर्दै आएका छन् ।त्यसअघि २०५२ सालदेखि नै यहाँका कांग्रेस माओवादीको काटमारमा पर्दै आएका हुन् । जनयुद्धका बेला अचानाको मासु बनेर जोगिएका कांग्रेसले अहिले हँसिया हथौडामा कसरी भोट हाल्छन् ?


कांग्रेसले हँसिया हथौडामा भोटै नहाल्ने भने होइन, हाल्छन् । २०७४ को निर्वाचनमा पनि गोरखा २ का कांग्रेसले बाबुराम भट्टराईलाई भोट हालेका हुन् । त्यतिबेला बाबुरामलाई भोट दिएर नारायणकाजी श्रेष्ठलाई हराउनु थियो र हाले । तर अहिले माओवादीलाई जिताउन भोट हाल्नुपर्छ ।


यो अबस्थामा पनिभोट नहाल्ने होइन, हाल्छन्, तर, जो खाँट्टी कार्यकर्ता छ, जसलाई पार्टी केन्द्रको ह्वीप लाग्छ उसले केन्द्रको निर्देशन अनुसार भोट हाल्छ ।पार्टी केन्द्रको कठोर अनुशासनमा रहेका कांग्रेस कार्यकर्ताले मुटुमाथि ढुंगा राखेर फेरि हँसिया हथौडामा भोट हाल्छन् । अन्यथा, सामान्य कार्यकर्ता अथवा साधारण मतदाताले हँसिया हथौडामा भोट हाल्ने सम्भवना छैन । उसले वैकल्पिक पार्टी खोज्छ, वैकल्पिक उम्मेद्वार खोज्छ ।


गोरखाको हकमा तेस्रो शक्ति एमाले हो । एमालेबाट सामाजिक छवि नबिग्रेका उम्मेद्वार पाए भने गोरखाका कांग्रेसले सूर्य चिन्हमा भोट हाल्नेछन् । गोरखामा एमालेले कांग्रेसलाई भड्काएको छैन । कांग्रेसले पनि एमालेलाई भड्काएको छैन । अर्थात यी दुई पार्टीका बीच तिक्तता पनि छैन । त्यसैले कांग्रेसका मतदाताले यसपटकको चुनावमा एमालेको चुनाव चिन्ह रोज्ने सम्भावना छ ।


कांग्रेसले हँसिया हथौडामा भोट एउटा अबस्थामा भने पक्कै हाल्छ, त्यो हो, लेनदेन । अर्थात एउटा क्षेत्रमा माओवादीका उम्मेद्वार, अर्को क्षेत्रमा कांग्रेसका उम्मेद्वार हुने अबस्था आयो भने पक्कै कांग्रेसले बेइमान गर्दैन । यतिबेला आफूले एउटा क्षेत्रमा बेइमान गरेमा अर्को क्षेत्रमा आफूले धोका पाउने दुवै पार्टीलाई त्रास हुन्छ । यो ‘चेक एण्ड ब्यालेन्स’को अबस्थामा भने कांग्रेस कार्यकर्ताले इमान्दारिता पालना गर्नेछन्, अर्थात कांग्रेसले पनि हँसिया हथौडामा भोट हाल्नेछन् ।


२०७४ को स्थानीय चुनावमा ११ पालिकामध्य कांग्रेसले नौ पालिका हात पारेको थियो । बाँकी दुई पालिका माओवादीले । २०७९ को स्थानीय चुनावमा पूर्व नतिजाको ठिक उल्टो नौ पालिकामाओवादीले हात पा¥यो, र दुई क्षेत्र कांग्रेसले ।
यसको अर्थ गोरखामा माओवादी र कांग्रेस तुल्य–तुल्य छन् भन्ने हो । भर्खरै सकिएको स्थानीय चुनावको मत विश्लेषण गर्दा जिल्लाभरका वडाअध्यक्षहरुले पाएको मतमध्य पुग नपुग तीन हजार मतले माओवादी अगाडि छ ।


यो अबस्थामा सिट बाँडफाँट गर्दा कार्यदलले गम्भीरता पूर्वक सोच्नु जरुरी हुन्छ । कुनै एउटा पार्टीले जिल्ला पूरै कब्जा गर्न खोज्दा क्षेत्र र सिट त पाउँछ, तर भोट पाउनेछैन । यो कटु यथार्थ हो । दुई संघीय क्षेत्रमध्य दुवै पार्टीले एकेक र चार प्रदेश क्षेत्रमध्य दुई–दुई बाँडफाँट भयो भने गठबबन्धनकासबै पार्टीबाट भोटमा बेइमानी नहुने देखिन्छ ।


यस्तो धरातलीय यथार्थलाई केन्द्रस्तरको कार्यदलले यदि नजरअन्दाज ग¥यो भने नतिजा सोचेभन्दा फरक हुनेछ ।यो अबस्था गोरखाको मात्र होइन, माओवादी र कांग्रेसको प्रतिस्पर्धा हुने सबै जिल्लाको हो ।


एउटै पार्टीभित्र प्रसस्त अन्तर्घात हुने गरेको घटना कुनै पार्टीमा छिप्न सकेको छैन, त्यसमाथि पाँच पार्टीको गठबन्धनमा इमान्दारिता खोज्नु मुर्खता शिवाय केही हुनेछैन । त्यसमाथि पनि सिट बाँडफाँटमा भेदभाव गरेर भोटमा इमान्दारिता खोज्नुमहामूर्खता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्