| शुक्रबार, माघ ४, २०८१

स्थानीय सरकारलाई गतिविधि हस्तान्तरण

गोरखा ः गरिबी निवारण कोषको आर्थिक सहयोगमा गोरेटो गोरखाले गण्डकी गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा एक कार्यक्रम गरी गरिबी निवारण कोषका विभिन्न कार्यक्रमहरु हस्तान्तरण गरिएको हो । २०७२ बैशाख देखि गण्डकी गाउँपालिकाको ताङ्लीचोक, भूम्लीचोक, मकैसिंङ र दर्बुङमा सञ्चालित आयआर्जन, भौतिक पुर्वाधार विकास, सामाजिक परिचालन तथा क्षमता विकासको कार्यक्रमहरु अब गाउँपालिकाले नै गर्नेगरी हस्तान्तरण गरिएको गोरेटो गोरखाका कार्यक्रम संयोजक विनोद पाण्डेले बताए ।

स्थानीय सरकारले सबै कार्यक्रमको अपनत्व ग्रहण गरी सबै कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताएको गोरेटो गोरखाका अमृत भट्टराईले जानकारी दिए । त्यस्तै गोरेटोले अहिले सम्म गरेका गतिविधिहरुको बारेमो सार्वजनिक सुनुवाई समेत ग¥यो ।

गोरेटोले २ करोड ४४ लाख रुपैँया लगानी गरेर ४४ वटा सामुदायिक संस्थाहरु मार्फत कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । गोरेटो गोरखाका कार्यकारी प्रमुख पवनरमण खनालले आगामी दिनमा स्थानीय सरकारसँग गोरेटोले कार्यक्रम गरी रहने र अहिले हस्तान्तरण गरिएको कार्यक्रममा आवश्यक सहयोगहरु गरिरहने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्