
रामशाह टोल विकासमा मिन बहादुर
दरौँदी ः गोरखा नगरपालिका १३ को रामशाह टोल विकास संस्थाको अध्यक्षमा मिनबहादुर गुरुङ चयन भएका छन् ।
गोविन्दमान श्रेष्ठको अध्ययक्षतामा भएको २१ औँ वार्षिकोत्सव तथा ११ औँ अधिबेशनमा प्रमुख अतिथि गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, विशेष अतिथि उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा अध्यक्ष हरि बहादुर खनाल, दरौँदी मर्याङ्दी दोभान बातवरण संरक्षण समितिका अध्यक्ष प्रकाश अधिकारी, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाको नवनिर्बाचित उपाध्यक्षमा उपाध्यक्षमा कमलप्रसाद नराल, सचिब मित्रा परियार, कोषाध्यक्ष अनिता गुरुङ सहसचिब नन्द बहादुर खड्का रहेका छन् । त्यस्तै सदस्यहरुमा पहलमान गुरुङ्ग, रञ्जना कार्की, सृजना खनाल, कृष्ण परियार, शम्भुलाल श्रेष्ठ, निरमाया गुरुङ्ग रहेका छन् ।
रामशाह टोललाई सफा सुग्घर तथा विभिन्न सामाजिक कार्यक्रमहरु गर्नेकाम संस्थाले गरिरहेको छ ।