
बारपाकमा मृतकको सम्झनामा स्मृतिसभा
बारपाकका बासिन्दाहरुले भूकम्प गएको तीन वर्ष पुगेको दिन भूकम्पमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा बुधवार स्मृतिसभाको आयोजना गरे।
बारपाकमै ७२ जना आफन्त गुमाएकाको उपस्थितिमा उक्त सभा भएको थियो। साँझ मृतकहरूको सम्झनामा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ।