| शुक्रबार, बैशाख ७, २०८१

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्माेलाेजिष्ट भरत काेइरालाले बताए । पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

फेरी नेपाल भूकम्पको उच्च जोखिममा

२०७२ वैखाख १२ गते गोरखाको गोरखाको केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।

 

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य फेला पारेको जानकारी अन्नपूर्णलाई दिए । चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । सेटेलाइट तस्बिरबाट भूकम्पले उठाएको भूभाग पत्ता लगाएर दरार क्षेत्र अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययनअनुसार भूकम्पका सम्भावनाबारे वैज्ञानिकमै मतभेद आए पनि यस अध्ययनले पूर्वमै जोखिम देखाएको दाबी चम्लागाईंको छ । झापाको दमकदेखि उत्तरतिर रहेको बेलडाँगीलाई आधार मानेर पूर्वक्षेत्रको अध्ययन गरिएको हो । अध्ययनले करिब आठ सय वर्षपहिले पूर्वमा महाभूकम्प गएको र यस क्षेत्रमा अझै १६ मिटर दरार विस्थापित हुन बाँकी रहेको पत्ता लगाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्