यसकारण धुुर्मुस–सुन्तली अरुभन्दा विशेष, गरे १२५ बालबालिकाको अभिभावकत्व ग्रहण
१४ वैशाख– धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् ।
फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराए ।
सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न एक लाख प्रदान गर्ने घोषणा गरे। गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा देखिएको बेथितिलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।