| सोमवार, अशोज ५, २०७७

विश्व माटो दिबस गोरखामा पनि मनाईयो

‘भूक्षय रोकौँ, भविष्य जोगाऔँ’ भन्ने नाराका साथ छैठौँ विश्व माटो दिबस गोरखामा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाई गोरखाका प्रमुख अजय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाले गोरखाको माटोको अवस्थाको बारेमा जानकारी गराएकी थिइन । पछिल्लो समय माटोको सुरक्षा चुनौती बढेको, बजारमा खाद्य आवश्यकता अनुसार उत्पादन हुन नसकेको उनले बताइन । गोठे मलको अभाव, माटोप्रति कम संवेदनशिलता, जनशक्ति अभावका कारण माटो बिग्रिँदै गएको केन्द्रकी प्रमुख थापाले बताईन । माटोमा हूास आउँदा उत्पादन पनि घटेको उनले बताईन ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाका प्रमुख दुर्गा पण्डितले माटोको सुरक्षामा ध्यान दिन कृषकहरुलाई सुझाब दिए । ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र पोषण सुरक्षा सुधार आयोजनाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

बिहिवार बिहान ठुलो आँगनबाट जिल्ला समन्वय समिति सम्म ¥यालीको आयोजना गरिएको थियो । बिभिन्न कृषि समुह, कार्यालयका प्रमुख एवं कृषि पढ्ने विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए । रसायनिक मल प्रयोग गर्ने दर धेरै हुँदा माटोको उर्भरा शक्ति कमजोर हुँदै गरेको, किसानले माटो पनि बिग्रन्छ र भन्दै चासो कम दिने गरेको, उत्पादन छिटो र धेरै लिने होडबाजीले माटोको गुणस्तर सुधारमा ध्यान नपुगेको प्राविधिकहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्