| सोमवार, भदौ २४, २०८१

टेरेन निर्वाचन आयोगले अब के हुन्छ, नेकपा अण्डरलाइन ?

जबज र जनयुद्धको कुरा मिलेपछि ओली र प्रचण्ड भेट्दै

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले जवज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको बताएका छन्।

पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा बसेको हेडक्वाटर बैठकपछि पत्रकारहरुलाई ‘ब्रिफिंग’ गर्दै अध्यक्ष दाहालले एकता संयोजन समितिले टुंग्याउन नसकेको जवज र जनयुद्धमा सहमति भएको बताएका हुन्।

सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच बिहीबार बैठक बसेर टुंग्याउने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। ‘एमाले जनयुद्धलाई स्वीकारेको छ, हामीले एमालेको जबजाई पनि स्वीकारेका छौं,’ भुसालले भनिन्, ‘बाँकी विषयमा दुबै अध्यक्षहरुको भोलिको विशेष बैठकले टुंगो लगाउँछ।’

प्रतिक्रिया दिनुहोस्