प्रदेश नम्बर ४ को बजेट सार्वजनिक
प्रदेश नम्बर ४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि आज बजेट सार्वजनिक गर्ने भएको छ ।
प्रदेशसभाको आज बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेका हुन ।
बजेटमा पर्यटन, उर्जा, कृषि, वन, उद्योग, सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताइएको छ । बजेट विकासमुखी भन्दा पनि प्रशासनिक खर्च केन्द्रीत हुने बताइएको छ