गोरेटोले गर्यो जिल्ला परियोजना सल्लाहकार समितिसँग छलफल
दरौँदी ः गोरेटोले इन्स्याक परियोजना अन्तर्गत हाल सम्म सम्पन्न गरिएका क्रियाकलाप हरू तथा आगामी दिनमा गरिने क्रियाकलापबारे जिल्ला परियोजना सल्लाहकार समितिसँग छलफल गरेको छ ।
गोरेटोले उक्त परियोजना अन्तर्गत विगत साँडे २ वर्ष अघि देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवक परिचालन गरि खानेपानि तथा सरसफाई, क्षमता विकास, सामाजिक परिचालन, सङ्कटासन्न परिवारहरूलाई सहयोग गरिने विभिन्न किसिमका सामाजिक विकासका क्रियाकलाप संचालन गरिरहेको छ । बुधबार होटल गोरखा प्यालेसमा भएको छलफल कार्यक्रममा उक्त कार्यक्रममा जिल्ला स्तरिय सरोकारवालाहरुले
कार्यक्रममा उक्त परियोजना सञ्चालन गरेकोमा गोरेटो गोरखालाई धन्यावाद दिएका थिए । गोरेटोले उक्त परियोजना गण्डकी गाउँपालिकाको वडा नम्बर ५, ७, ८ मा गरेको छ । परियोजना अन्तरगत गरेका कामहरुको बारेमा गोरेटो गोरखाका कार्यक्रम संयोजक विनोद पाण्डेले जानकारी गराएका थिए । जिल्ला स्तरिय सरोकारवालाहरु सहितको छलफल कार्यक्रममा गोेरेटोले यस अघि गरेका र अब गर्ने कामहरुको बारेमा कार्यकारी निर्देशक पवनरमण खनालले जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख रत्नप्रसाद लामिछाने, गैसस गोरखाका उपाध्यक्ष पुरुषोत्तम ढकाल, पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष किशोरजंग थापा, सरसफाई संयोजक सुरेशराज पण्डित, गोरेटो गोरखाकी कोषाध्यक्ष सम्झना थापा, लगायतले कार्यक्रमबारे आफ्नो आफ्नो धारणा ब्यक्त गरेका थिए ।