| सोमवार, भदौ २४, २०८१

सुरक्षाकर्मी

​इटहरीमा सुरक्षाकर्मीले चलाए सार्वजनिक यातायात

सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै शुक्रबार देशभरि सार्वजनिक यातायात नचलाएका व्यवसायीले पूर्वमा ठप्प पारेको यातायात सुरक्षाकर्मीले चलाएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनको प्रभाब शुक्रबार बिहानदेखि नै पूर्वमा देखिएको थियो ।

बन्दको समर्थन गर्दै अधिकांश सार्वजनिक यातायातहरुले आफ्नो काम ठप्प परेका थिए । इटहरीमा बर्दिधारी सुरक्षाकर्मीले सार्वजनिक यातायात चलाउन तयार भएर सेवा दिएका छन्।

एरिना सार्वजनिक यातायातको बस सशस्त्र प्रहीले चलाएर झापासम्म पुगेर यात्रुलाई सेवा दिएको हो।

एरिना यातायातका सञ्चालक समीर कार्कीका अनुसार सुरक्षाकर्मीकै सहयोग लिएर भए पनि सर्वसाधारणलाई सेवा दिएको जानकारी दिए।

उनले यात्रुको सुरक्षाको लागि प्रहरीको सहयोग लिएर निरन्तर सेवा दिने जानकारी दिए।

यसैबीच हड्तालमा उत्रिएका व्यवसायीको गाडी कब्जामा लिएर प्रहरीले चलाउने सरकारले यसअघिनै निर्णयसमेत गरेको थियो।

ब्यवसायीको हडतालका कारण सर्वसाधारणलाई सास्ती भएको भन्दै पूर्वका धरान,इटहरी मोरङलगाएतका विभिन्न स्थान र पोखरामा दुई सुरक्षा निकायले आफ्ना चालक परिचालन गरी बस चलाएका छन्।

प्रतिक्रिया दिनुहोस्