| सोमवार, अशोज ८, २०८०

मोदी काठमाडौं आउँदा सर्वसाधारण सडकमै अलपत्र

मोदीको सुरक्षाका लागि काठमाडौंमा आए यस्ता टिम

दरौंदी: भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ सुरक्षाकर्मी नेपाल आई पुगेका छन्। सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडौं अवतरण गरेको छ।

विमानस्थल स्रोतका अनुसार विमानमा दुईवटा बुलेट प्रुफ गाडी सहित आवश्यक सुरक्षा सामग्री नेपाल भित्रिएको छ। भारतीय पक्षले आवश्यक सामाग्री फिर्ता भारत नै लैजाने गरी भन्सार छुटका लागि गृहमन्त्रालयबाट पत्र ल्याएपछि ती सामाग्री विमानस्थलबाट तोकिएको स्थानमा लैजाने तयारी गरिएको छ।

काठमाडौंमा रहँदा मोदीको प्रयोगका लागि दुईवटा बुलेटप्रुफ गाडी, चालक दलका १८ सदस्य र ४१ जना कमाण्डो नेपाल आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्