| शनिबार, बैशाख ८, २०८१

बिदेशमा रहेका नेपालीले आफ्नो मौलिक पर्व ‘उभौली’ मनाए

बिदेशमा रहेका नेपालीले आफ्नो मौलिक पर्व ‘उभौली’ मनाए

प्रवासी भुजेल समाज सेवा समिती युएईले आफ्नो मौलिक पर्व भुजेली पर्व उभौली दुवइ स्थित जाविल पार्कमा शुभकामना आदान प्रदान कार्यक्रमका साथ ४ मे २०१८ का दिन सम्पन्न गरेको छ ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासले भुजेल जातिको मौलिक परम्परा, संस्कार, संस्कृती तथा भुजेली पर्व ‘उभौली’ को बारेमा आफ्ना भनाई राखेका थिए । खवासले कार्याक्रममा बोल्दै आफ्नो पहिचानलाई बचाई राख्नु आज अल्प संंख्यक जनजातिहरुको प्रमुख चुनौती रहेको बताउदै सबैलाई हिनताबोध मुक्त हुनमा जोड दिए ।

युएईमा पहिलो पटक मौलिक परम्पारा अनुसार पुजा गरि उभौली पर्व मनाईएको हो । आफ्नो मौलिक परम्परा अनुसार उभौलि पर्वमा पुजारामेको भुमिका समाजका द्वितीय उपाध्यक्ष तुल बहादुर घर्तीले निभाएका थिय ।

प्रतिक्रिया दिनुहोस्