| शुक्रबार, जेष्ठ ४, २०८१

विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी

बिष सेवनबाट गम्भीर बिरामीको भरतपुरमा उपचार हुँदै

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर ९ ठिगुरेश्वाँरा बस्दै आएकी एक महिला विष सेवनबाट गम्भीर बिरामी परेकी छन् । भारतको मोतिहारी घर भई यहाँ बस्दै आएकी ३५ वर्षीया संगीतादेवी पासवानले आइतबार दिउसो विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।

विष सेबनबाट गम्भीर घाईते पासवानलाई गोरखा अस्पतालको आइसियूमा उपचार गरिएको थियो । ‘गोरखा अस्पतालको आईसियूमा केही बेर राखेर उपचार गरेपछि थप उपचारका लागि भरतपुर पठाएका छौँ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ।

उनलाई भरतपुर मेडिकल कलेज पठाइएको हो । गोरखा अस्पतालमा आइसियु सेवा नियमित संचालन गर्न मिल्ने गरी सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्