| आइतवार, अशोज ११, २०७७

गोरखामा बिहिबार दुई जना संक्रमित थपिए

 

गोरखामा बिहिबार बिहान दुईजना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी बिज्ञप्ति अनुसार पालुङ्टार नगरपालिकाका दुईजना संक्रमित थपिएका हुन् ।

पालुङटार नगरपालिका वडा नं. ९ का एक र वडा नं. ६ का एकजनामा संक्रमण देखिएको हो । वडा नं. ६ का भारतीय सेनामा कार्यरत एकजनामा संक्रमण देखिएको हो । उनी रजगरे माविको क्वारेण्टाइनमा थिए ।

अर्का संक्रमित वडा नं. ९ का एकजना साउदी अरबबाट आएर मदनेडाँडा क्वारेण्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्