| आइतवार, अशोज ११, २०७७

लक्ष्मीबजारमा एकै परिवारका ३ जनामा कोरोना देखियो

गोरखामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारकी एक महिलामा संक्रमण देखिएसँगै उनीसँग नजिक सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्दा तीन जनामा संक्रमण देखिएको हो ।

दुई पुरुष र एक महिला गरी एकै परिवारका तीन जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । स्वाब जाँच गरिएका ५१ जना मध्ये बुधवार ४८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बिहिवार बिहान भने तीन जनाको पोजेटिभ भन्ने जानकारी आएको र बिस्तृत रिपोर्ट अध्ययनको क्रममा रहेको नगरपालिका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

तीन जनामा संक्रमण देखिएकाले थप कन्ट्रयाक्ट टे«सिङ गर्नुपर्ने भएकाले तत्काल वडाको काम कारवाही अघि बढाउन नसकिने वडा अध्यक्ष कुलबहादुर कुँवरले बताए । मंगलवार देखि वडा कार्यालयले सेवा बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्