| आइतवार, अशोज ११, २०७७

दुईदिन घरमा बसेर क्वारेण्टाइनमा गएकामा कोरोना देखिएपछि आरुघाटबासी त्रसित

 

दुई दिन घर परिबारसँग बसेर क्वारेण्टाइनमा गएका गोरखाका एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

भारतबाट आई दुईदिन घर परिबारसँग बसेर भीमोदय माविको क्वारेण्टाइनमा बस्न गएका आरुघाट गाउँपालिका ९ बगैँचाटोलका ४६ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।

उनी भारतीय सेनाका हुन् । गत साउनको १७ गते घरमा आईपुगेका पुगेका उनलाई समुदायले दुईदिनपछि साउन १९ गते मात्र क्वारेण्टाइनमा पु¥याएका थिए ।

उनको सम्पर्कमा धेरै जना गएको हुनसक्ने भन्दै आरुघाट बजारका बासिन्दा त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्