| आइतवार, अशोज ११, २०७७

पर्यटन ब्यवसायी श्रेष्ठद्वारा स्वास्थ्य तथा सरसफाइ सामग्री प्रदान

पर्यटन व्यवसायी गोपालबाबु श्रेष्ठले शहीद लखन गाउँपालिकामा कोरोना महामारी व्यवस्थापनका लागि स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्रीहरु प्रदान गरेका छन् ।

गत मंगलबार शहीद लखन गाउँ कार्यपालिकाको कार्यालयमा पुगेर श्रेष्ठले कोरोना महामारीबाट बच्न तथा बचाउन प्रयोग हुने बिभिन्न सामग्रीहरु प्रदान गरेका हुन् ।

आफ्नो व्यवसायिक कम्पनीको नाममा स्थापित टिएम फाउण्डेशनको तर्फबाट स्वास्थ्य तथा सरसफाइ सामग्री गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरलाई हस्तान्तरण गरेको उनले बताए ।

एकसय ५० थान भिटिएम, २० थान पिपिई, एकसय थान एन नाइण्टिफाइभ मास्क, २० लिटर, सर्जिकल मास्क पन्द्रसय थान, हस्पिटल डिस्इन्फेक्शन केमिकल २० लिटर, इक्जामिनेशन ग्लोब्स तीनसय थान, अक्सिनज सिलिण्डर चार थान प्रदान गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्