| आइतवार, अशोज ११, २०७७

दरौँदी नदी तर्ने क्रममा पालुङटारका दुई बालक बेपत्ता

गोरखाको दरौँदी नदी तर्ने क्रममा बिहिवार पालुङटार नगरपालिका १ खुर्पाजुङका दुई बालक बेपत्ता भएका छन् । रमेश श्रेष्ठको छोरा अन्दाजी १५ वर्षिय प्रज्वल श्रेष्ठ र भक्तबहादुर श्रेष्ठका छोरा अन्दाजी १४ वर्षिय सबिन श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रज्वल अन्नपूर्ण माविमा कक्षा १० मा पढ्छन् भने सबिन सारदा माविमा कक्षा ८ मा पढ्छन् । बिहिवार दिउँसो करिब १ बजेतिर उनीहरुलाई बगाएको र खोजी गर्दा नभेटिएको उनका आफन्त सम्झना श्रेष्ठले बताईन ।

प्रहरीका अनुसार दरौँदी नदीको जरेबर भन्ने ठाउँबाट फुटबल खेल्न आएका चार जना साथी खोला तर्ने क्रममा दुई जनालाई बगाएको हो । सँगै रहेका दुई जना भने खोला तरेका थिए । साँझ पाँच बजे मात्रै खबर आएको र खोजी गर्दा अहिले सम्म नभेटिएको प्रहरीले जनाएको छ । अहिले मझुवा, बाह«किलो र चोरकाटे चौकीका प्रहरीले दरौँदी नदी आसपासको क्षेत्रमा युवाहरुको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्