| आइतवार, अशोज ११, २०७७

दरौँदीमा बेपत्ता बालवकको शव अझै भेटिएन

दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिका १ खुर्पाजुङका एक बालकको शव अझै भेटिएको छैन । साउन २२ गते दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका १५ वर्षिय बालक प्रज्वल श्रेष्ठ अझै भेटिएका छैनन् । उनी सँगै नदी तर्ने क्रममा बेपत्ता १४ वर्षका सबिन श्रेष्ठको शव भने गोनपा १२ स्थित नदी किनारमा साउन २३ गते भेटिएको थियो ।

गोरखा, चितवन तनहुँ लगायत संभावित ठाउँका प्रहरीलाई शव खोजीका लागि अनुरोध गरिएको र खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्