| आइतवार, अशोज ११, २०७७

कम्प्यूटर सिक्दै शिक्षकहरु

दराैँदी समाचारदाताः गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ अश्राङको नबजागृती चण्डी माध्यामिक विद्यालयका शिक्षकहरु कम्प्यूटर सिक्न थालेका छन् । विद्यालय बन्द भएको बेला विद्यालयको अन्य कामका लागि उपस्थित भएका शिक्षकहरु कम्यूटर सिक्न थालेको प्रधानाध्यापक ठाकुर पाण्डेले बताए । ‘कम्यूटर संम्बन्धि ज्ञान भयो भने पढाउने सामग्री इन्टरनेटबाट खाजेर विद्यार्थीलाई पढाउन पनि सकिन्छ’ प्रअ पाण्डेले भने ‘लकडाउनले अझै इन्टरनेटको महत्व बढाएको छ ।’

कम्यूटर र इन्टरनेट अहिलेको आवश्यकता भएकाले शिक्षक आफुले जानेको खण्डमा विद्यार्थीलाई पनि सिकाउन सकिने हुँदा अभ्यासमा लागिएको शिक्षकहरु बताउँछन् । शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा अझै विद्यालयमा पढाई सुरु भएको छैन । बिहान घरदैलो गरेर विद्यार्थीलाई भेटघाट गर्ने, विद्यालयमा आउने कम्यूटर सिक्ने काम शिक्षकहरुको दैनिकी बनेको छ । कम्प्यूटरमा ज्ञान भएका शिक्षकहरुले नै अन्य शिक्षकलाई सिकाउँछन् । अश्राङको नवजागृती चण्डी माविमा २५ जना शिक्षक र पाँच सय ७८ विद्यार्थी छन् ।

गाउँपालिकाले अन्य बैकल्पिक माध्याम प्रयोग गरेर सिकाउन विद्यालयलाई अनुरोध गरेको छ । सरकारले लकडाउन नखोल्दा सम्म र विद्यालय नखोल्ने निर्णय भएको र शिक्षकहरुलाई विद्यालयको अन्य काम गर्न भनिएको भिमसेन थापा गाउँपालिका शिक्षा शाखा लक्ष्मणबाबु आचार्यले बताए । ‘सबै विद्यालयमा शिक्षकहरु पुग्नुहुन्छ, समुदायमै गएर सिकाउन सहज छैन, गाउँपालिकाले पठाएको पढ्ने सामग्रीहरु पु¥याईदिन भनेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्