| शुक्रबार, चैत्र १६, २०८०

भवन निर्माण तथा मर्मतका लागि प्रदेश सरकारबाट चार करोड ८०लाख प्राप्त

दराैँदी समाचारदाताः गण्डकी प्रदेश सरकारले गोरखामा यसबर्ष शहरी विकास तथा भवन निर्माण सम्बन्धी कार्यक्रम गर्नका लागि चार करोड ८० लाख रुपैयाँ खर्च गर्ने भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजनमार्फत खर्च गर्ने गरी प्रदेश सरकारले सो रकम बिनियोजन गरेको हो ।

मन्त्रालयबाट प्राप्त निर्णयहरुको अभिलेख अनुसार गाउँपालिका तथा प्रदेश सरकारको सहलगानीमा बारपाक सुलीकोट गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । त्यसका लागि प्रदेश सरकारले ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै सोही शीर्षकमा धार्चे गाउँपालिकामा पनि बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । जसका लागि प्रदेश सरकारले ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै शहीदलखन गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणका लागि प्रदेश सरकारले ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ । तीनवटै गाउँपालिकामा बन्ने भवनका लागि सम्बन्धित गाउँपालिका र बिभिन्न संघसंस्थाले पनि सहलगानी गर्नेुपर्ने प्रावधान रहेको छ । त्यस्तै प्रदेश सरकारले गोरखाका सामुदायिक तथा अन्य भवन निर्माण तथा मर्मत सुधारका लागि ८० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रदेश सरकारले भच्चेक बजारमा नमूना एकीकृत कार्यक्रमअन्तर्गत थानीथान पार्क निर्माण गर्ने भएको छ । जसका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै प्रदेश सरकारले प्रस्तावित बूढीगण्डकी जलविद्युत आयोजना को प्रस्तावित जलाशय भन्दा माथिको क्षेत्रमा सामाजिक, भौतिक र आर्थिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि एक ल करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको छ । सो बजेटबाट साबिक आरुचनौटे गाविसको वडा नं १ देखि वडा नं. ६ सम्मका भूभागमा कार्यक्रम गरिने छ । त्यस्तै धार्चे र चुमनुब्री गाउँपालिकाका सबै वडामा सो कार्यक्रम गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्