| आइतवार, अशोज ११, २०७७

तरुणदल गोरखाद्वारा बालमन्दिरका अनाथ बालवालिकालाई खाद्यान्न सहयोग

नेपाली कांग्रेसको भातृ संस्था तरुण दल गोरखाले बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा बस्दै आएका अनाथ बालवालिकालाई खाद्यान्न सहयोग गरेको छ । ८ बोरा चामल, साबुन र ह्याण्ड वास सहयोग गरेको तरुण दलका क्षेत्रिय सभापति प्रविण बस्नेतले बताए ।

उक्त सामग्री गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
अष्ट्रेलियाको दातृसंस्थाले पठाउँदै आएको सहयोग १४ महिना देखि रोकिँदा बालमन्दिरमा बस्दै आएका २२ जना बालवालिकालाई समस्या परेको छ ।

अन्तराष्ट्रिय युवा दिबस २०२० को संन्र्दभ पारेर खाद्यन्न सहयोग गरिएको तरुण दल गोरखाले जनाएको छ । कार्यक्रममा तरुणदलका नेता कार्यकर्ता सहभागी थिए ।
गोरखा नगरपालिकाले मंगलवार आठ बोरा चामल, दुई बोरा दाल, तीन प्याकेट तेल र एक बोरा भुजा सहयोग गरेको विद्यालयका प्रधानाध्यापक लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्