| आइतवार, अशोज ११, २०७७

रक्सी पिएर होहल्ला गर्ने चार जना गोरखा सदरमुकामबाट पक्राउ

मदिरा सेवन गरेर होहल्ला गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ अस्पतालमार्गबाट २२ वर्षिय हरिबहादुर बानियाँ, सोही ठाउँका १९ वर्षिय समुन्द्र खत्री, १९ वर्षका ज्ञानेन्द्र बस्नेत र ३० वर्षिय सिताराम गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अत्याधिक मादक पदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनीक शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी बासुदेव खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्