| आइतवार, अशोज ११, २०७७

गोरखामा सवारी पास संम्बन्धि नयाँ ब्यवस्था (हेर्नुहोस कसलाई पास चाहिन्छ, कसलाई चाँहीदैन)

सवारी पास संम्बन्धि जिल्ला प्रशासन कार्यालयले नयाँ ब्यवस्था सुरु गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार आजदेखि सवारी पास आवस्यक पर्ने/नपर्ने यकिन गरेर बितरण सुरु गरिएको प्रशासन कार्यालय गोरखाका सुचना अधिकारी हर्क रोकाले बताए ।

बिरामी, सुत्केरीले प्रयोग गर्ने सवारी साधनमा तीन जनाले मात्र यात्रा गर्न अनुमती पाउँछन् । यसका लागि चिकित्सकको सिफारिस, सवारी चालकको नाम, चालक अनुमती पत्रको फोटोकपी अनिवार्य गरिएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने कर्मचारी, राष्ट्रसेवक कर्मचारी सवार सवारी साधनले पनि सवारी पास पाउनेछन् । हाँजिर हुन जाने भए पत्र, रमना पत्र, कार्यालयको काम भए खुलाइएको बिवरण सहित तीन जना यात्रा गर्न अनुमती पाउनेछन् ।

बिदेश जाने प्रयोजनका लागि हवाई टिकट पक्का भएकाहरुको हकमा कागजात पेश गरेपछि सवारी पास उपलब्ध गराउने प्रशासनले जनाएको छ । दुई जनाका लागि मात्र यात्रा गर्न अनुमती दिइनेछ ।

एम्बुलेन्स, शव बहान, झण्डावाला गाडी, कुटनीतिक नियोग÷ब्यक्ति तथा संस्था, स्वास्थ्य सेवामा खटिएको चिकित्सक, नर्श, प्रयोगशाला प्राविधिक, अस्पतालका अन्य कर्मचारी, औषधी उत्पादन, ढुवानी र बिक्री बितरणमा प्रयोग हुने जनशक्तिका लागि सवारी पास नचाहिने भएको हो ।

प्रशासन कार्यालयले जारी गरेको सुचनामा प्रेस पास प्राप्त संचारकर्मी, खानेपानी मर्मत र बितरणमा संलग्न जनशक्ति, ठुला खाद्य स्टोरमा कार्यरत जनशक्ति, फोहोरमैला ब्यवस्थापनमा परिचालिन जनशक्ति र अत्यावश्यक बस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनपनि निर्वाद चल्न पाउनेछन् ।

अन्यथा सबैलाई पास चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्