| शनिबार, माघ ५, २०८१

तपाईँको आज–मेष र कुम्भ अनुकूल

२०७५, वैशाख २७ गते बिहिबार, शुद्धकृष्ण ज्येष्ठ दशमी, शतभिषा नक्षत्र, ऐन्द्रयोग, कुम्भमा चन्द्रमा,
मेषः दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मुख्य काम हात लाग्नेछ । मन प्रफुल्ल हुनेछ ।

वृषः दिन अनुकूल रहनेछ । मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

मिथुनः दिन मध्यम छ । धर्मकर्ममा व्यवधान आउन सक्छ । काममा ढिलासुस्ती हुनेछ । मनोबल घट्नेछ ।

कर्कटः दिन प्रतिकूल छ । काम गर्ने जाँगर हराउनेछ । साना साना समस्याले दु:ख दिनसक्नेछ । खर्चमा वृद्धि हुनेछ ।

सिंहः दिन अत्युत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।

कन्याः दिन उत्तम रहनेछ । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन काम बन्नेछ ।

तुलाः दिन मध्यम रहनेछ । मनमा डर, चिन्ता बढ्नेछ । काम गर्ने वातावरण बन्न कठिन। हुनेछ । निर्णय क्षमता घट्नेछ ।

वृश्चिकः दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

धनुः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकरः दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु नै बेस हुनेछ । आर्थिक मामिलामा पनि सचेत रहनु पर्नेछ । शरीर अस्वस्थ हुनेछ ।

कुम्भः दिन भाग्योदयकारक रहनेछ । मनोबल उच्च रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । निर्णय क्षमताको विकास हुनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । मानसिक चिन्ता पर्नसक्छ । खर्चमा वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्