| सोमवार, भदौ २४, २०८१

मोदी

खबरदार ! मोदीको विरोधमा फेसबुकमा नलेख्नु, नत्र…

दुई दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा सामाजिक सञ्जाल प्रयोग गर्नेमाथि सरकारले ‘एक्सन’ लिने भएको छ ।

मोदीविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि सुरक्षा निकायले सञ्जाल प्रयोगकर्तामाथि निगरानी बढाएको हो । अकारण नेपालमाथि नाकाबन्दी लगाएका मोदीलाई नागरिक अभिनन्दन गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा विरोध जारी छ । प्रधानमन्त्री र गृह मन्त्रीको आदेशमा प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी बढाएको हो ।

‘महामहिम भारतीय प्रधानमन्त्रीको विरोधमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुको निगरानी भइरहेको छ’, नेपाल प्रहरीका एक उच्च अधिकारीले काठमाण्डुटुडेसँग भने, ‘माथिबाट आवश्यक परे पक्राउ गरेर मुद्धा चलाउने सम्मको आदेश आएको छ ।’

मोदीको प्रदेश–२ को राजधानी जनकपुर र काठमाण्डुमा नागरिक अभिनन्दन हुँदैछ । मोदी र उनको टोली शुक्रबार बिहान १०ः३० बजे तीनवटा विशेष जहाजमार्फत जनकपुर आउने छ । जनकपुरमा अभिनन्दन थापेर मोदी शुक्रबारै काठमाण्डु आउने छन् ।

प्रतिक्रिया दिनुहोस्