| बिहिबार, बैशाख ६, २०८१

भोलीदेखि गोरखाबाट काठमाण्डौँ, पोखरा, चितवनका लागि गाडी छुट्ने

गोरखाबाट लामो तथा छोटो दुरीका सवारी साधन बिहिवारदेखि संचालनमा आउने भएको छ । यातायात संचालन गर्दै आएको दरौँदी यातायात सेवा प्राली र पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालीले जिल्ला भित्र र बाहिर पनि यात्रुबाहक बस संचालन गर्ने जनाएको छ ।

‘भोली विश्वकर्मा पुजा भएकाले दिउँसो ३ बजेबाट मात्रै हामी गाडी छुटाउँछौँ’ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीका गोरखा स्थित सेवाप्रदायक कार्यालयका सदस्य बिपिनचन्द्र ढकालले भने । गाडीलाई डिसइन्फेक्ड गरिने, चालक सहचालकलाई मास्क, पञ्जा, भाईजर अनिवार्य गरिएको उनले बताए । यात्रुलाई पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउने यात्रुलाई बसका सह चालकले मास्क दिन्छन तर यात्रुले मास्कको पैसा तिर्नुपर्छ ।

ग्रामिण भेगका सबै रुट बिहिवार देखि खुल्ला हुने दरौँदी यातायात प्रालीका सदस्य अन्जनबाबु खत्रीले बताए । ‘केही दिन क्यू फ्रि गर्छौँ’ उनले भने ‘त्यसपछि नियमित क्यूमा पालो अनुसार गाडी चल्छ ।’ पहिले गाडी चलेका र अहिले सडक अवस्था राम्रो भएका सबै रुटमा बस छुटाउने उनले बताए । भाडा भने पहिलेको भन्दा ५० प्रतिशत थप लाग्नेछ । सिट क्षमता ३० भएका गाडीले १५ जना मात्र वा यात्रा गराउन सरकारले ब्यवशायीलाई अनुरोध गरेको छ ।

चैत दोस्रो सातादेखि बन्द रहेको गोरखामो लामो दुरी करिब साँढे ५ महिनापछि संचालनमा आउन लागेको हो । बिहिवार नै काठमाण्डौँ, पोखरा, चितवनका लागि पनि गोरखाबाट यात्रुबाहक सवारी संचालन हुने ब्यवशायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्