| बिहिबार, चैत्र ६, २०८१

असारसम्म स्थानीय तहमा नजाने बैंकलाई कारवाही, कुन बैंक कहाँ लिस्ट सहित

नेपाल राष्ट्र बैंकले आगामी असारभित्र तीन सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने भएको छ ।

निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु पर्नेछ । त्यस्तै हाल जान समस्या देखाइरहेका एक सय १६ तशमा असारभित्र शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको हो ।

 

‘एक सय १६ तहमा पनि धेरैले जाने प्रतिबद्धता गरिसकेका छन्, केहीमा इच्छुक देखिएका थिएनन, तर उनीहरु जानै पर्ने हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले बताए ।

हाल सात सय ५३ स्थानीय तहमध्ये तीन सय ५९ मा बैंकहरु गएका छैनन् । बैंकहरुले विद्युत्, यातायात र इन्टरनेट सेवा नपुगेको भन्दै यी स्थानीय तहमा जान चाहिरहेका थिएनन । तोकिएको स्थानमा नजाने बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुन बैंक कहाँ लिस्ट हेर्न तल क्लिक गर्नु होला ।

https://nrb.org.np/bfr/circular/2074-75/2074_75_For_A_,_B_&_C_Class–Circular_18-Branch_Expansion_at_every_Local_Body_Related-new.pdf

प्रतिक्रिया दिनुहोस्