| शनिबार, बैशाख ८, २०८१

गाउँ आउँदा पिसिआर रिपोर्ट सहित क्वारेन्टिन बस्नुपर्छ : सिरानचोक ७


गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ ले बिदेशबाट वा कोरोना संक्रमण रहेको जिल्लाबाट गाउँ आउँदा पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । वडा अध्यक्ष सुरज ढकालले एक सुचना सार्वजनीक गर्दै पिसिआर रिपोर्ट सहित १४ दिन क्वारेन्टिन पनि बस्नुपर्ने बताएका छन ।


वडा कार्यालयको निर्णय नमान्नेले सामुयिक क्वारेन्टिन बस्नुपर्ने, १४ दिन सम्म लाग्ने खर्च स्वयम ब्यक्तिले ब्यहोर्नुपर्ने बताइएको छ । पिसिआर गरेको तीन दिन भित्र गाउँ आएकाहरुलाई भने उक्त नियम लागु नहुने बताइएको छ ।

साथै वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न गराउन समेत समेत अनुरोध गरेको वडा अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्