| शनिबार, बैशाख ८, २०८१

विवेकशील

विवेकशीलको विरोधमा प्रहरी हस्तक्षेप,बाबुरामले भनेः चाकडी प्रदर्शनकै भद्दा नमुना

विवेकशील साझा पार्टीले नाका बन्दी सम्झाउँदै राखेको ब्यांग्यात्मक ब्यानर प्रहरीले हटाएपछि विवाद सुरु भएको छ। विवेकशील साझाले ‘मोदी जी स्वागत छ तर नाकाबन्धी बिर्सिएका छैनौँ’ उल्लेख गर्दै ललितपुरस्थित पार्टी कार्यालयमा ब्यानर टाँगेको थियो।

पार्टीको केन्द्रीय कार्यालयमा नाकाबन्दीको विरोध जनाउन राखेको ब्यानर प्रहरीले जवर्जस्ती झिकेर लगेको थियो। पार्टी कार्यालयमा पुन राखिएको ब्यानर पनि प्रहरी आएर फेरि झिकेर लगेका थियो। विवेकशील साझाको शान्तिपूर्ण विरोधमा प्रहरीको हस्तक्षेप भन्दै ट्वीटरमा सरकारको तीब्र आलोचना भएको छ।  विवेकशील साझाले नाकाबन्धीको विरोध गर्दा प्रहरी प्रशासनले पटक-पटक हस्तक्षेप गरेको विवेकशील साझाका केन्द्रीय नेता मिलन पाण्डेले ट्वीटरमा उल्लेख गरेका छन्।

उनले शान्तिपूर्ण अान्दोलनमा प्रशासनले ठाडो हस्तक्षेप गरेको समेत उल्लेख गरेका छन्। शान्तिपूर्ण विरोधमा प्रहरी हस्तक्षेप हुनु सुसंस्कृत लोकतन्त्रको लागि राम्रो संकेत नभएको विवेकशील साझा पार्टीका नेता उज्वल थापाले ट्वीट गरेका छन्। प्रशासनले हस्तक्षेप गरेर व्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य भएको कांग्रेस युवा नेता गगन थापाले बताए। उनले ट्वीटमा भनेका छन्, ‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोध पनि सहन नसकेर विवेकशील साझाको व्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो।

प्रतिक्रिया दिनुहोस्