| मङ्लबार, अशोज १३, २०७७

मोदी

मोदी समयमा नआएपछि

नेपालका पूर्वप्रधानमन्त्रीहरुले करिब ४० मिनेट कुरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । मोदी निर्धारित समयमा नआएपछि होटल द्वारिकाजमा ७ पूर्वप्रधानमन्त्रीहरु मोदीलाई कुरेर बसेका थिए ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी संयुक्त भेटका लागि होटल पुगेका थिए । मोदी नआउँदासम्म उनीहरु आपसमै गफिएर बसेको स्रोतले बतायो ।

मोदीसँगको भेटमा उनीहरुले नेपालको वर्तमान राजनीतिक घटनाक्रम र समृद्धिको विषयमा कुराकानी गरे ।

प्रतिक्रिया दिनुहोस्