| आइतवार, माघ २७, २०८१

मुक्तिनाथ

नेपाली पत्रकारलाई निषेधित, भारतीय पत्रकारलार्इ छुट

मुक्तिनाथकाे मूल मन्दिरमा फाेटाे खिच्न मनाही छ । आजसम्म मुख्य मन्दिरमा फोटो खिच्न पाएका थिएनन् तर आज भारतीय टेलिभिजनका पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट दिइयो ।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे मुक्तिनाथ दर्शनका क्रममा यहाँ पुगेका भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिरकाे भित्री भागकाे समेत फाेटाे तथा तथा भिडियाे खिचेका हुन् । साथै स्थानीय पत्रकारलार्इ विभेद गर्दै भारतीय पत्रकारलार्इ खुलेआम छुट दिइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्