| शुक्रबार, साउन १५, २०७८

भारतीय विदेश सचिव गोरखामा, तीन विद्यालय उद्घाटन (फोटो फिचर)

भारतिय बिदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले आज गोरखाको तीनवटा विद्यालय उद्घाटन गरेका छन् ।

भारत सरकारको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर ८ मा निर्माण भएको रत्नलक्ष्मी मावि, ९ को महालक्ष्मी मावि र १० को तारा माविको उद्घाटन गरेका हुन् ।

महालक्ष्मी माविमा आयोजित एउटा कार्यक्रम मार्फत तीनवटै विद्यालयको उद्घाटन गर्दै सचिव श्रृङ्गलाले नेपाल एकिकरण निर्माता पृथ्वी नारायण शाहको ठाउँ, विश्वभरी विरताको रुपमा चिनिएका गोरखा आउन पाउँदा निकै खुसी लागेको बताए ।

हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ती दिँदै आएको, पुन निर्माणमा सघाईरहेकाले यसले नेपाल भारको मैत्री संम्बन्ध अमर रहने उनले विश्वस ब्यक्त गरे ।

सचिव श्रृङ्गलाले नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आएका थिए ।
विद्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भुकम्पपछिको पुर्वाधार पुन निर्माणमा भारत सरकारले ठुलो सहयोग गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, महालक्ष्मी माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव केसी लगायतले धारणा राखेका थिए ।