| शनिबार, बैशाख ८, २०८१

मलेखुमा भेटियो ६० किलोको माछा

मलेखुमा भेटियो ६० किलोको माछा

धादिङको मलेखुस्थित त्रिशूली नदीमा ६० केजीको माछा फेला परेको छ ।

स्थानीयले शुक्रबार साँझ थापेको बल्छीमा परेको अवस्थामा शनिबार बिहान यति ठूलो माछा भेटिएको हो । १५ वर्षपछि मलेखुमा यति ठूलो माछा भेटिएको स्थानीयले बताएका छन् । निकै ठूलो माछा भेटिएपछि हेर्नेको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्