| शुक्रबार, बैशाख ७, २०८१

पूर्वप्रधानमन्त्री डा. भट्टराईको गाउँमै यस्तो छ सडकको दुर्दशा !

पूर्वप्रधानमन्त्री डा. भट्टराईको गाउँमै यस्तो छ सडकको दुर्दशा !

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गाउँदेखि  सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड हिलाम्मे भएको छ । बर्षातको समय सुरु भएसँगै हरेक वर्ष झैँ यसपालि पनि गोरखा सदरमुकाम जोड्ने मध्यपहाडि लोक मार्ग  हिलाम्मे भएको हो।

पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा पानी परेसँगै बाटोमा हिलो जम्ने र खाल्डा खुल्डी गर्दा गाडी फस्न थाले सँगै स्थानीयले हैरानी खेप्नु परेको छ ।

सदरमुकामबाट नजिकै रहेको  नगरपालिकाको सडकको हालत यस्तो हुदा पनि स्थानीय जनप्रतिनिधिले केही चासो देखाएका छैनन् । बाटो हिलाम्मे भएको १० दिन भइसक्दा पनि बाटो बनाउने कुनै पहल नभएको स्थानीय बासी दिनेश नेपाल बताउँछन् ।

उक्त खण्डमध्येको पहिलो दुई बर्ष अगाडि आधा बाटो पिज भएको छ भने आधा बाटोको अवस्थामा यस्तो छ ।  विभिन्न विकाको  आयोजनाहरूलाई चुनावी मुद्दा बनाएर चुनाब जितेका जनापतिनिधिको आँखा कहिले पुग्न सकेको छैन ।

प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डे र पालुङटार नगरपालिकाको उपप्रमुखमा पनि खोप्लाङकै पम्फा बसेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्