| बुधबार, अशोज २३, २०८१

चिया

नेपाली चिया निकासीमा भारतले ग¥यो अवरोध

तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ ।

इलाम, जेठ ४ । तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ ।

सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्रावधान परिवर्तन गरेर भारतीय पक्षले प्रत्येक लटमा प्रमाण मागेपछि चिया निकासीमा अवरोध भएको हो ।

प्रत्येक लटमा चिया परीक्षण गर्नुपरेमा भन्सारमा कम्तिमा पनि १५ दिन चिया थुप्रिने चिया तथा कफी विकास बोर्डका प्रशासकीय अधिकृत देउकुमार सिगुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्