नौ दिनसम्म कानमै साङ्लाले बास गरेपछि
अमेरिकी नागरिक केटी होली दुई साताअघि मध्यरात अचानक ब्युँझिइन्। कानमा केही चिसो कुरा सलबलाएको महसुस भएपछि उनी ब्युँझिएकी थिइन्।
कानमा असहज भएपछि उठेर इयरबड झिकेर कान कोट्याएँ,ु उनले भनिन्, ुकाला रङका सिंका जस्ता दुई टुक्रा बाहिर निस्किए। यसो हेरेको, त्यो कुनै किराको खुट्टा जस्तो थियो।ु
त्यसपछि उनले श्रीमानई उठाइन्। श्रीमानले हेर्दा केही अड्किएको देखे। अड्किएको चिज हल्लिरहेको देखेपछि किरा कानमा पसेको पक्का भयो। ट्वीजरको सहायताले उनले अड्किएको किरा निकाल्न खोजे, तर सकेनन्।
त्यसपछि केटीलाई अस्पताल भर्ना गरियो। कानभित्र पसेको किरा साङ्लो रहेको र त्यो जीवित नै रहेको थाहा भयो। त्यसपछि अनेक उपकरण प्रयोग गरेर साङ्लो मारियो। र, त्यसका शरीरका भागहरू निकाल्न थालियो।
साङ्लोको अधिकांश भाग निकालिसकेपछि केटीलाई एन्टी–बायोटिक खान दिइयो। तैपनि, उनको कानबाट साङ्लो पूरै निस्किएको रहेनछ। अन्त्यमा विशेष उपकरणमार्फत साङ्लोलाई पूर्णतः बाहिर निकाल्न डाक्टर सफल भए। ुकानमा अड्किएको साङ्लो निकाल्न नौ दिन लाग्यो,ु केटीले भनिन्,अहिले सम्झिँदा पनि डर लाग्छ। एजेन्सी