| सोमवार, जेष्ठ ३१, २०७८

निषेधाज्ञामा घरमै औषधी लगिदिने स्वास्थ्यकर्मी

गोरखा सदरमुकामको बसपार्कमा रहेको संगम मेडिहेल्थ क्लिनिकका संचालक संगमबाबु श्रेष्ठले पहिलो चरणको कोरोना संक्रमण फैलिएका बेला ५० जना भन्दाबढि बिरामीलाई घरघरै औषधी पु¥याईदिए ।

लकडाउन, निषेधाज्ञाका बेला सवारी साधन चढेर सदरमुकाम सम्म औषधी लिन आउन नसक्नेहरुका लागि उनीहरुको भनाईमा ‘उनी भगवान भेटिएजस्तो बने ।’
उनै स्वास्थ्यकर्मी श्रेष्ठले अहिले निषेधाज्ञाका समयमा पनि गोरखाका गाउँगाउँमा बिरामीलाई घरघरै औषधी पु¥याईरहेका छन् ।

तीन दिन यता उनले पाँच जनालाई औषधी पु¥याईसके । बिहिवार शहिदलखन गाउँपालिका ८ का सुमनसिंह खड्काले गर्भवती श्रीमतीका लागि औषधी मागेपछि उनले घरैमा लगेर दिए । ‘घरैमा पुगेर औषधी दिन्छु तर औषधीको मूल्य भन्दाबढि पैसा लिन्न’ स्वास्थ्यकर्मी श्रेष्ठ भन्छन् ‘अहिले सर्वसाधारणलाई औषधी लिन आउन पनि समस्या छ, दुःख परेका बेला सहयोग गरेका हुँ ।’

त्यसबाहेक गोरखा नगरपालिका भित्र बिभिन्न ठाउँमा उनले दिर्घरोगी, कोरोना संक्रमण भएर होम आइशोलेसनमा बसेकाहरुलाई पनि औषधी घरघरै लगिदिएका छन् ।
आईतवार बिहान धार्चे गाउँपालिकाको माछाखोला जाने तयारीमा रहेको उनले बताए । ‘धार्चे जाँदा भिमसेन थापा, आरुघाट गाउँपालिकाको बिभिन्न ठाउँबाट औषधीको माग भएको छ, सबैलाई दिँदै जान्छु’ उनले भने ।

दिर्घरोगीहरुले खाने औषधी उनले अन्यत्रबाट मगाएर पनि पठाउने गरेका छन् । दुई चार पत्ता औषधी बिरामीलाई घरघरै पु¥याएर उनलाई नाफा छैन् । भन्छन् ‘हामी स्वास्थ्यकर्मी, औषधी ब्यवशायीको दायित्व पनि हो’ उनले भने । उनले आफ्नो फेसबुक पेजमा औषधी चाहिएमा सम्पर्क गर्न भनेका छन् । बिरामीले सम्पर्क गरेपछि उनी औषधी लिएर पु¥याउन घरमै जान्छन् ।


श्रेष्ठ औषधी ब्यवशायी संघ गोरखाका अध्यक्ष समेत हुन् । गोरखा सदरमुकामको बसपार्क र हरमटारीमा हेल्थ क्लिनिक र मेडिकल संचालन गरेका छन् । ‘अहिले कोभिडको संक्रमण बढिरहेका बेला पनि हामीले ओपिडी सहितको सेवा नियमित दिईरहेका छौँ’ उनले भने ‘यो पेशा नाफा भन्दा बढी सेवा हो जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्