| आइतवार, अशोज ७, २०८०

गोरखामा तमू ल्होसारको रौनक (फोटो फिचर)

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
सोही पर्वको अवसरमा बिहिबार गोरखामा विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाएका छन् ।

No description available.

‘ल्होसार आदिमकाल देखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्व पनि हो । पहिले देखि नै तमु जातिको ल्होसार नश्लको हिसावले आदिम साम्यवादी युग देखि पृथ्वीको उत्तरी ध्रुव तिर सूर्य नजिक पर्न जाने र कहिले दक्षिण ध्रुव तिर सूर्य नजिक पर्न जाने ६÷६ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमुु जातिहरुको खेगी गुरु ज्यूहरुले निर्धारण गरी राखेको ल्होसार पर्ब हो’ लेखक टेक बहादुर गुरुङले भने ।

पुस १४ गते राती सबै भन्दा लामो रात र छोटो दिन हुने उनले बताए । उनले भने, ‘पुष १४ गते सबै भन्दा लामो रात हुन्छ । यो बेलामा बन जंगलमा सानो फिस्टे चरा पनि भोकले ३ मुर्छा पर्छ भन्ने कथन छ ।’

यस्तै, १४ पुस राती मध्यरातबाट धेरै पहिलेका तमु जातिहरुले बत्ती बाली खेमा राख्ने चलन रहेको पनि गुरुङले बताए । खेमा राखि सके पछि रात भरी क्रमश : अलि–अलि फुलफुलहरु, बनका तरुलहरु र रोटीहरु खाइ रहनु पर्ने भन्ने परम्पराको किम्बदन्ती पनि रहेको बताएको छ ।

प्राकृतिक बोन संस्कार अनुसार १५ पुसलाई नै आधार मानि तमु जातिहरुले आफ्नो ल्होसार पर्व निर्धारण गरी विभिन्न कार्यक्रम गरी मनाइउदै आएको गुरुङले जानकारी दिए । पुस १४ लाई गएको ल्होलाई विदाई र पुस १५ नयाँ ल्होको आगमन्को स्वागत गर्दै निधारमा सेतो टिका लगाई शुभकामना आदन प्रदान गरिन्छ ।

हेर्नुहोस् तस्बिरहरू

No description available.
No description available.No description available.
No description available.
No description available.
No description available.No description available.
No description available.
No description available.
No description available.
No description available.No description available.
No description available.
No description available.
No description available.
No description available.