| शनिबार, बैशाख २२, २०८१

दुई दिने स्वास्थ्य शिविर सम्पन्न

गण्डकी गाउँपालिका वडा नं २ तांलिचोकमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सेवारण्यकेशरीको आयोजना र लायन्स क्लव अफ एभरेष्टको आर्थिक सहयोगमा स्वास्थ्य शिविर संचालन भएको हो ।

शनिबार र आइतबार भएको दुई दिने शिविरमा आसपासका छ सय ११ जनाले स्वास्थ्य लाभ लिएका निकेश पन्तले जानकारी दिए ।

उनकाअनुसार शिविरमा गण्डकी गाउँपालिका वडा न १, २, ३ र ४ का साथै शहीद लखन गाउँपालिका वडा ६ का स्थानीयहरुको सहभागिता रहेको थियो । दुई दिने स्वास्थ्य शिविरमा मुटुरोग, जनरल सर्जरी, हाडजोर्नी, बालरोग तथा महिलाहरुको पाठेघर जस्ता विभिन्न रोगहरुको परिक्षण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्