| शनिबार, बैशाख २२, २०८१

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा सुरु

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा एण्ड सेन्सेटीभिटि टेस्ट सेवा सुरु भएको छ । मंगलबारदेखि रगत, खकार, पिसाब, दिसा लागतयका विभिन्न रोगको चेकजाँच गर्न ल्याव कल्चर सेवा सुरु गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

यो सेवाबाट कुन किटाणु र ब्याक्टेरियाका कारण रोग लागेको हो ? कुन औषधी प्रयोग गर्दा प्रभावकारी हुने पहिचान गर्न सजिलो हुनेछ । चिकित्सकलाई ल्यावमा चेकजाँच गरेपछि विरामीको रोगको प्रकृतिको आधारमा औषधी वितरण गर्न धेरै सजिलो हुने र जथाभावी औषधीको प्रयोग घटाउन सहयोग पुग्ने समेत उनले बताए ।

साथै जथाभावी औषधी वितरणमा कमी हुने र विरामीको लक्षणको आधारमा मात्र औषधी वितरण हुने उनले बताए । यसका लाछि छुट्टै कोठाको व्यवस्था गरिएको छ । ल्याव कल्चर सेवाले अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा धेरै सहयोग पुग्ने गोरखा अस्पतालले जनाएको छ । अस्पताल पुगेको सेवाग्राहीले विहान १० बजेदेखि साँझ ५ बजेसम्म यो सेवा पाउने निमित्त मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले बताए ।

यसअघि उक्त सेवाका लागि चितवन, काठमाडौ जानुपर्ने बाध्यता थियो । गोरखामा यो सेवा भूकम्पअघि संचालन भएतापनि भूकम्पले पुरानो भवनमा क्षति पु¥याएसँगै बन्द भएको थियो । हाल नयाँ भवन बनेपछि उक्त सेवा सुरु गरिएको छ ।
ल्याव कल्चर सेवाको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उद्घाटन गरेका हुन् । अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्