| सोमवार, असार १३, २०७९

ओझेलमा परेको सिम्जुङ गढी

यदुप्रसाद अधिकारी :

नेपालमा करिव ५०० भन्दा वढी गढी वा थुम भएको अनुमान गरेका छन् । गढी वा थुम भन्नाले प्राचीनकालका राजाहरुले शासन गर्ने किल्ला वा रक्षा गर्ने ठाउँ भन्ने बुझिन्छ । कोट शब्द कोतबाट भएको हो । हतियार राख्ने, शासन गर्ने ठाउँ नै कोट हो । त्यहाँ देवीको मूर्ति स्थापना गरी राजा र सेनाले पूजा समेत गर्दथे । अहिलेका कोटहरुमा कालिकाका मूर्ति र मन्दिरहरु नै त्यसका प्रमाण हुन् ।

गोरखा जिल्लमा ३६ कोटहरु छन् भनेर बताइन्छ । धादिङबाट गोरखामा मिसाइका मान्वुको घाम्लिङकोट, केरौजाको काम्लाकोट र सिर्दिबासको चिराङजोङ कोटको गणना गर्दा ३९ कोट पुग्न सक्छन् । यी सबै कोटहरु प्राचीन कोटहरु हुन् भनेर पूरातत्व विभागले प्रमाणित गरेको भने छैन । नेपाली सेना र गोरखाका गणपतिले पनि प्राचीन गढी र कोटहको अनुसन्धान गरिरहेको देखिन्छ । कति पुराना चौबीसे राज्यका कोट वा गढी हुन् भनेर सार्वजानिक गरेका भने छैनन् ।

गोरखाका प्राचीन बलिया कोटहरुमा गोरखाको माझकोट, लिगलिगकोट, सिराञ्चोककोट र बारपाककोट थिए भने धेरैले बताएका छन् । बारपाकदेखि तल सिम्जुङकोट (गढी) अजिरकोट र सिराञ्चोकलाई स्र्यातान भनेर चिनिन्छ । यस क्षेत्रका बासिन्दाहरु हैजा रोगबाट बच्न पूर्वी भेगतिर बसाइ सरेका रहेछन्, त्यसैले क्षेत्रलाई स्यार्तान भनिएको हो भनेर पूराना बूढापाकाहरुले बताएका थिए । यस जिल्लामा माझुकोट, लिगलिगकोट, सिराञ्चोककोट, बूढीकोट, बारपाककोट, अजिरकोट आदिको चर्चा परिचर्चा भए पनि धेरै कोटहरुको चर्चा समेत भएको छैन ।

स्थानीय बासिन्दाहरुले चर्चा गरे पनि ऐतिहासिक किसिमले लेख्न काम भएको छैन । प्राचीन सिम्जुङ गढी (कोट) लाई द्रव्यशााहले विजय गरेको थिए भनी बताइन्छ । अजिरकोट नजिक रहेको हुनाले द्रव्यशाहले पछि छत्रशाहले अधीनमा लिएका थिए भनी इतिहासमा लेखिएको छ । चौबीसे राज्यले गोरखामाथि द्रव्यशाहको सालदेखि राजमाता राज्यन्द्रलक्ष्मीको पाला १८३८ सम्म हमला गरेको प्रमाणित भेटिन्छ । पृथ्वीनारायण शाहको पालामा १८१२ श्रावण ४ गते, रणबहादु शाहको पालामा सिरानचोक, सिम्जुङ्ग १८२०, हर्मी, धुवाँकोट, च्याङली, मिरकोट, लकाङ, १८२७, १८३८ पौष २२ गते सिरानचोक आक्रमण गर्दा नेपाली सेना २४ र चौबीसे सेना ७० जना मारिए । (पेज नं. ९२, गोरखाको इतिहास, दिनेशराज) । १८३८ मा लम्जुङलाई नेपालमा गाभेपछि एकीकरणको सीमा भित्र चौविसे राज्य परेको प्रमाण भेटिन्छ ।
सिम्जुङ गढी

सिम्जुङ भन्नाले ओझेल परेको ठाउँ वा काठको कर लिने ठाउँ भन्ने अर्थ लगाउन सकिन्छ । यो गढी नम्की ओखलढुङ्गा भन्दा ४०÷३० मिनेट हिडेर माथि जानु पर्दछ । ओखलढुङ्गामा ५ वटा ओखल थिए । त्यहाँ चौविसे राज्यको पालामा सिम्जुङ्गगढीका राजा र सेनाले धान कुट्ने गर्दथे भनी स्थानीय सेना बहादुर शेर्पा बताउँछन् । हाल ओखल माथिमा नै माने बनाइएको छ ।

यसले गाउँको रखबार गर्दछ भनी स्थानीय बुद्ध धर्मालम्बीहरु बताउछन् । सिम्जुङमा तामाङ र शेर्पाले बनाएको पुरानो ध्याङ छ त्यस बुद्धधर्माबलम्बीहरुले पूजा पाठ र ध्यान पनि गर्दछन् । ओखलढङ्गा माथि पुरानो बसोबास अगाडी बढ्दै जाँदा रमणीय समथर जग्गा भेटिन्छ । त्यहाँबाट गोरखा र लम्जुङ धेरै रमणीय डाँडाहरु देखिन्छन् । सूर्यदयो अवोलकनको लागि ज्यादै रमणीय ठाउँहरु मध्ये त्यो पनि पर्दछ । चौवीसे राजाका सेनाहरुले परेड खेल्ने चउरहरु हाल ठूला गारा भएको भेटिन्छ ।

डाँडामा पुराना खाबा भित्र अग्लो ठाउँमा कोट भएको अनुमान गरिन्छ । चारैतिर खाबाले घेरिएको देखिन्छ । कोट वा गढी नजिकै कालिकाको दिशा पारेर देवीको मूर्ति स्थापना गरी चैत्रे र ठूला दशैँमा गाउँहरुले पूजा गरिरहेका छन् । त्यो कोटबाट बारपाक, ताकु, अजिरकोट, सिराञ्नचोक र गोरखाको माझकोट र उपल्लोकोट समेत देखिन्छ । कोट गढीको नजिकै उभ्याइएको ठूलो ढुङ्गा छ । त्यो ढुङ्गलाई ७ दिनकी सुत्केरी महिलाले किल्ला रक्षा गर्नको लागि उभ्याएकी थिइन् भनी स्थानिय शेर्पा र तामाङ्गहरुले बताउछन् । ढुङ्गाको छेल पारेर ताकु, बारपाक, ताजी र अजिरकोटमा किल्ला रक्षा गर्न गोली हान्दथे भनी जेष्ठ नागरिक शेर्पाले बताए । कुन राजाले राज्य गरेका थिए भनेर भनी बताउन सकिदैन भनी बताउँछन् ।

यस कोटले साविक हंसपुर, मुच्चोक, सिम्जुङ र घ्याच्चोक बासिन्दाहरुले चोया, निगाला, र लेकमा गोठ राखे वापत कर (स्योल) लिने गर्दथ्यो । त्यो कुरा हाल सिम्जुङ्गकोटमा स्थानीयहरु चैत्रे र ठूलो दशैंमा पाडा पूजा गर्न वा रकम दिए वापत स्पष्ट हुन्छ । कोट मुनि ओडार र नजिक पानीको धारो पनि छ । सिरान डाँडामा सिम्जुङ्ग गढी, गढी टोल, घटुवारे टोल मुखिया टोल, ओखलढुङ्गा, फाँटस्वाँरा, ध्याङ र मम्प्रे देवीस्थान प्रसिद्ध छन् ।

यस कोटमा १८३८ मा चौबीसेसँग नेपाली सेना (गोरखाली सेना) ले युद गर्दा ओडारमा लुकेका चौबीसे सेनालाई वालुवाबाट पराजित गर्दै लखेटेर विजय गरका थिए भनी इतिहासकार पन्तले उल्लेखा गरेका छन । सो क्षेत्रको सामान्य चिनारी चन्द्रकान्त अधिकारीले गोरखा गौरवमा उल्लेख गरेका छन । कोट नजिकै सल्लाघारी छ । त्यहाँ नजिकै मृत मानवको लाश गाडेर माने समेत बनाइएको देखिन्छ । पुराना मुखिया जिम्वाल कहरेमानका पिताले कालिकाको मन्दिर बनाई त्यहाँबाट सिम्जुङ्ग गाउँमा सारी पूजा गर्ने व्यवस्था मिलाएमा थिए भनी स्थानीयहरु बताउछन् । ओडारबाट आवतजावत गर्ने बाटो रहेछ ।

यात्रुहरुले बास बस्दथे भनी सिरान्डाँडा निवासी स्थानीयहरु बताउँछन् । सिम्जुङकोट गढीबाट कालिकाको मूर्ति लगेपछि त्यस ठाउँलाई ठूँडे सिम्जुङ भन्ने गर्दछन् । ठूलाघरहरुको जग्गालाई सबैले सिम्जुङ ठँुडे भनेर चिन्दछन् । देवीको मूर्ति लगेको हाले ठुँडे भनिएको हो । राणाको पालामा २००७ पूर्व लप्सीवोट निवासी ठूलाघर साने चूडामणि अधिकारी र बन्दिपुरे लाहुरे ओखलढुङ्गाबाट र काफलडाँडाबाट ८ नम्बरी जिम्वाल विगल बजेपछि भच्चेकमा परेड खेल्न गएको मैले देखेको थिए भनी शेर्पाले बताए ।

यस गढीका हातहतियारहरु हामी सबै सिरान्डाँडेले २०१५ सालमा गोरखा दरबारमा सरकारको आदेश अनुसार बुझाएका भनी शेर्पाले बताए । कोट वरपर गोली, सिसा र छर्रा भेटका थियौ भनी बताउँछन् । स्थानीयले तरवार, भाला,खँुडा, खुकुरी, बन्दुक लगेर बुझाएका बुझिन्छ । कोट नजिकै गढी टोल छ । सो टोलको नामबाट पनि काटेको (गढी) महत्व स्पष्ट हुन्छ ।

हेलम्बुबाट आएका कच्र्यू लामाले सिरान्डाडाको बस्ती बसालेको हुन् । स्यारकाङ पूर्वेली डाँडा सिरन्डाँडालाई सिरान खर्क भनी गोरखामा दर्ता गरेका रहेछन् । ताप्लेबाट झयाल्लाको भूमिको मूर्ति झयाल्ला खोलामा बाढीले पु¥याएछ । सपनामा देखेर दवाडीहरुले पूजा गर्न थालेका भनी स्थानीय गिरिधरी र सुकदेव दवाडी वताउँछन् । यस मूर्तिलाई भोटे लामाले पहिले गढीमा पूजा गरेको थिए भन्ने बुझिन्छ । त्यो कोट ताप्ले नजिकै पर्दछ ।

यस कोट नजिक घर छाउने ढुङ्गा झिकेको ओडार छ । चेपे र दरौंदीको बीचमा रहेको यो कोट अत्यन्त रमणीय र आकर्षक छ ।
गोरखा सदरमुकामबाट करिब ६० कि.मि.टाढा रहेको प्राचीन कोटलाई पुरातत्व विभागले खोजी गरेको देखिदैन । यसको बारेमा थाहा पर्ने छैन होला । यो प्राचीन कोटलाई संरक्षण गरेर राखेमा प्राचीन सम्पदाको महत्व झल्कन्छ । यो गढी अत्यन्त रमणीय अग्लो ठाउँमा छ । प्राकृतिक दृश्वालोकन लागि अत्यन्त महत्वपूर्ण पनि छ । यसलाई स्थानीय अजिरकोटवासी, वडा, गाउँपालिका र सरकारले पर्यटकीय गन्तव्य बनाएर सरक्षण गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्