| सोमवार, असार १३, २०७९

गोरखाली छोराको गौरव, अनिलले फिँजाए सौरभ

सुरेशकुमार भट्ट, गोरखा

भनिन्छ कुलको नानी, मूलको पानी
कलमा धारा, कुलमा छोरा ।

यो लोकबोली हो जुन हाम्रो समाजमा युगौंदेखि चलि आएको लोकवेद हो यस्ता उखान टुक्का जस्ले मानव जीवनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेकैछ बंशजका नाताले सन्तानमा आफ्नो पुर्खौली ईतिहासको विरासत थाम्ने जिम्मा पनि यिनै पुस्ताको हो ।
त्यसैले आफ्नो कर्म क्षेत्रमा प्राय सन्तति घर स्कुलका शिक्षाकै कारण पनि लगनशील भएकै हुन्छन् । विरासत थाम्ने वा समाजमा सम्मानित हुने कर्म अर्थात कर्म सुकर्मले नै हो ।

‘स्वे स्वे कर्मण्यभिरतः सम्सिध्दिं लभते नर’ ( श्रीमद्भागवत गीता अ १८÷४५)
‘मानिसले आफ्नो आफ्नो काममा जसरी संलग्न हुन्छ उसरी नै पुर्णता पाऊँदछ’, भन्ने भावार्थलाई हेर्दा तिमी जस्तो जस्तो काम गर्छौ ऊस्तै ऊस्तै फल पाऊंछौ भन्नेमा निष्कर्ष

निकाल्न सकिन्छ। (How do you did Deed, same you get Treat) जस्तो कर्म गरिन्छ तेस्तै फल पाईन्छ । कागती रोपेर सुन्तला फलाईन्न । सुन्तला नै रोप्नु पर्छ । यी भनाई गराई मानव जीवनमा बहुतै व्यवहारिक अनि सार्थक पनि छन् । प्रत्यक्ष अनुभव गर्न समेत सकिन्छ ।
प्रसंग एउटा गोरखाली युवाले गरेको आर्जन अनि हालै प्राप्त गरेको सम्मान र उनले १५ बर्षसम्म पातालदेश अमेरिकामा आएर गरेको मिहिनेत र जीवन संघर्षको प्रतिफल बारे यहाँ चर्चा गरिन्छ । एकले गर्छ अर्को लाई प्रेरणा मिल्छ ; नमिले जिल्लिन्छ । ‘देखासिके गरिजा, आरिसे मरिजा’ यो हाम्रो समाजमा प्रचलित लोकवेदको भनाइ हो ।

गोरखा नगरपालिकाको वडा नं ६ हरमटारीमा पिता लक्ष्मण र माता देवु अर्यालको कोखबाट २०४३ चैत्र ५ गतेका दिन जन्म लिएका अनिल बाबु अर्याल दीपेन्द्र प्रहरी आवासीय स्कुलमा अध्ययन पूरा गरी सन् २००७ को डिसेम्बरमा अमेरिका आएर State University of California, East Bay, af6 Bachelor in Bio Chemistry df Graduated भै स्नातक तह पार गरेपछि केहि समय अरू कामगर्दै घरजग्गा व्यवसायमा सन् २०१६ बाट अर्जुनदृष्टि लाऊन थाले । अर्थात अमेरिकी व्यवशायिक प्रक्रिया पूरा गरी च्भबतियच का रूपमा कामगर्न थाले । सातबर्ष पनि पूरा नहुंदै यी गोरखाली युवाले सामाजिक सेवा र व्यवशायिक सफलतामा सोचे भन्दा धेरै सफलता हात लगाऊन सफल भए ।

No description available.

हालै क्यालिफोर्निया, ओकल्यान्ड स्थित लिंकन युनिभर्सिटीले लिएको सर्भेमा अमेरिकामा बसोबास गर्ने बिबिध समुदायका मानिसहरूबाट समाजमा पु¥याएको सामाजिक योगदान र व्यवशायको क्षेत्रमा आर्थिक सफलता प्राप्त गर्न सकेकाहरूका बिचबाट लिंकन वोर्ड अफ ट्रस्टीले मुल्यांकन गरी प्रदान गरेको (‘Honorary Doctor Degree In Bussiness Administration’) आर्थिक सफलताका क्षेत्रमा देखिएका ५% सफल व्यवशायी मध्यबाट एउटा गोरखाली नेपाली युवाले प्राप्त गर्न सफल भएको सम्मानका लागि मान्नै पर्छ, हार्दिक बधाई भन्नै पर्छ ‘गोरखाली छोराको गौरव, डा अनिलले फिजाए सौरभ ।’

एउटा गोरखाली छोराले सात बर्षकै छोटो अबधिमा झन्डै ७०० घरको बिक्री बितरण, त्यसमा पनि यो कोरोना अबधिको दुईबर्षमा मात्रै १५० भन्दा बढि घरको सुक्रि बिक्रि कम जोखिमको व्यवसायिक सफलता थिएन । बे एरियामा बसेर पनि सयौं÷ सयौँ माईल परसम्मको घर लिनु दिनुको कारोबार र जमिनको कारोबार । मानिस घरबाट बाहिर निस्कन र घरकै कोठामा बसेर बोल्न कठिन भएको बेला सुक्रि बिक्रिकै कारोबारमा सफलता लिनु सफल हुनु कम चुनौती पूर्ण काम थिएन, तर हिजो बहादुरीको भौतिक युद्धमा नाम कमाएका गोरखालीले अहिले आएर बौद्धिक र आर्थिक क्षेत्रमा फड्का मारी सफलता लिन सकेकोमा कुन गोरखाली नेपालीलाई गर्व नलाग्ला र, गौरवको अनुभुति नगर्ला ? यहि गर्वको गौरवको अनुभूतिसंगै फैलिएको डाक्टर पदवीबाट सम्मानित सुवास याने ‘सौरभ’ के हामी नेपाली अमेरिकाबासी मात्रैलाई बास आऊला ? नेपालको कुना कन्दरासम्म यो सुवास पुग्दैन र ? अवश्य पुग्छ ।

के अनिलका जन्मदाता बा लक्ष्मण र आमा देवु अर्याल मात्र भाग्यमानी हुन् ? हैन हामी तमाम गोरखाली दाजुभाई दिदी बहिनी बाबा आमा विश्वका जुन कुनामा बसौं तर यो सम्मानको गौरव र सौरभ हाँसी खुशी अनुभुति गरिरहेका छौं भन्ने पंक्तिकारलाई लागि रहेकोछ । ऊनका परिवारका जीवन संगिनी पत्नी विवशता, छोराहरू डेनियल र डेविड अनि भाइ सुनिल बाबु अर्याल, ससुरा केवल र सासु शान्ता सिलवाल, मात्र हैन, तमाम गोरखाली परिवार र सिंग्गै नेपाली परिवारले खुशी मनाऊन पाएको अनुभुति नगर्ने ? सारा नाता कुल कुटुम्ब सबै सबैले खुशी मनाएकै हुन्छन् । किनकी ‘असल कार्य गरे सबैलाई प्रेरणा र सम्मान, गलत कार्य गरे सबैको तिरस्कार र अपमान’ यहि हो हाम्रो लोकवेद रूपी भनाई र गराई । नाता र गाता नेपाली रगतकै हो, हाता र खाता अमेरिकी भएनि ।

त्यो पनि नेपाली सन्तती पातालबासीलाई सम्झाऊनै र सम्झनै पर्छ भन्ने लाग्छ पहिलो पाईला टेकेको धर्ती र नेपाली समाजमा प्रचलित लोकवेद रूपी उखान टुक्के अर्ति बिर्सिदिए पाप लाग्ला भनेर।
बगैंचाको माली फूलफुल्दा मुस्कुराऊंछ, घोडा गन्तव्यमा पुगेपछि सुस्ताऊंछ; आमा जत्कल बेथामा रुन्छिन् जब जातक जन्मन्छ अ‘ाखामा आँशु लिएर हाँस्छिन् । महिलाको एकै साथ आँशु र हाँसो आऊने दिन सुत्केरीको छिन हो ।

त्यसैले त जीवन आँशु हाँसोको संगम प्रतिफल हो सन्तान, त्यसैले भनिन्छ बाली राम्रो अर्काको बालो राम्रो आफ्नु । तर गुरूहरूको जीवनमा फरक छ । ‘तीनसय चौसट्ठी दिन सास्ती, एकदिन एकछिन हाँस्दी’, ‘गुरू काँच्चै हुन्छ, चेलो पाकि सक्छ’, ‘गुरूको शिक्षा, शिष्यको मिहिनेत, परीक्षाको नतिजा त्यही बारी त्यही खेत ।’ ‘शिष्यको सफलतामा गुरूको मुल्यांकन, निर्देशकको निर्देशनमा फोटोग्राफरको छायांकन ।’
त्यसैले अनिलले विद्यालयस्तर पूरा गरेको दिपेन्द्र प्रहरी आवासीय स्कुलका गुरूहरू हेमन्त रानादेखि सम्पूर्ण गुरूहरू अहिलेको अनिलको सम्मानको अवसरमा हिमालमा बसेर पाताल हेरेर गर्वका साथ खुशी मनाई रहनु भएको होला । त्यसैगरी संगी साथी खुशीले जुरूक्कै उठेर नाचे होलान् । हाम्रो शास्त्रको सार दैवी शक्तिको सुत्रधार मानवजीवनको आधार श्रीमद्भागवत गीतामा

‘कर्मण्य वा धिकारेस्तु मा फलेषु कदाचन’ (अध्याय २, श्लोक ४७) मा भनेझैं ‘कर्म गर फलको आशा नगर’ मात्र हैन द्वैदार्थ लाग्छ ,काम गर फल काम गरेपछि आफैं आउँछ । भन्ने पनि हुन सक्छ । किनकी पंक्तिकार भन्छ, ‘नित्यकर्म फलाधिन’ हरेक कर्म फलको अधिनमा छ ।
पढाइन्छ शिष्य सफल होस् भनेर, खेती गरिन्छ बाली आवस् भनेर, गाईलाई घाँसकुँडो दिइन्छ दूध दिन्छ भनेर अनि जे काम गरे पनि फल त आईहाल्छ राम्रो नराम्रो अर्को कुरा हो । राम्रो गरे राम्रै आऊँछ, नराम्रो गरे नराम्रै आऊँछ ।
बरू अब भन्न पर्छ, कर्ममै छ महाशक्ति, कर्ममै छ सुपुजन ।’ शक्तिनि कामले नै दिन्छ, सुसम्मान पनि कामलेनै दिन्छ । यहि कुरा डा अनिल अर्यालको जीवनमा पनि लागु भएको देखिन्छ ।

No description available.

संक्षेपमा अनिलबाबु अर्यालले प्राप्त गरेका सफलताका बिषयमा चर्चा गरियो । अब हेरौं यस्तै सम्मानका लागि अनररी डाक्टरको पदवी मैले केटौले बेलामा सुन्थें एकजना डा गुरूंगले बि ए मात्र उत्तिर्ण हुदा भूगोलका बिषयको सोधवापत प्राप्त गरेका थिए भन्ने । पछिपछि विश्वका धेरै विश्व विद्यालयहरूले बिभिन्न राजनीतिक व्यक्तित्वहरूलाई सम्मान पूर्वक दिने गरेको पाईन्छ । तथापि प्रत्यक्ष कामको मुल्यांकन गरी जनस्तरका भुंईं मान्छेलाई प्रदान गरिने यस प्रकारको सम्मानले तमाम मानवीय सामाजिक आत्मालाई सामाजिक सेवामा लाग्न र व्यवसायिक सफलतामा दत्तचित्त हुन सामुहिक रूपमा आह्वान र प्रोत्साहन गरेको अनुभूति तमाम बुद्धिजीवी माझ भएकै परेकै हुनुपर्छ । तसर्थ यस प्रकारको लिंकन युनिभर्सिटीको कार्यको दिल खोलेर प्रशंसा र तारिफ सबैले गर्नै पर्दछ । लिंकन युनिभर्सिटीप्रति आफू मात्र हैन सम्पूर्ण नेपालीकातर्फबाट डा अनिलबाबु अर्यालले नतमस्तक हुनै पर्छ ।

पंक्तिकार लिंकन युनिभर्सिटी ओकल्याण्ड क्यालिफोर्नियाप्रति हार्दिक आभार प्रकट गर्दछ । नेपाल जस्तै विश्व भरि नै अविकसित अल्प विकसित मुलुकमा काम गरेका तर छायाँमा परी मुल्यांकनमा नपरेका वा दवाईएका तमाम सामाजिक अभियन्ता, समाजसेवी, शिक्षाप्रेमी, बहु आयामिक व्यक्तित्व र सफल व्यवसायीको खोजीमा यस्ता सम्मान कार्यक्रम हुन सके मानवीय उन्नतिमा ठूलो टेवा पुग्ने थियो । कुनैपनि कुनाका प्रतिभा र तिनका प्रेरणादायी कार्य जिवित रहने थिए लाग्दछ । त्यसैले नेपाल लगायत विश्वका विश्व विद्यालयहरू बिचको सहकार्यबाट व्यक्ति र व्यक्तिको प्रतिभा बैतिने अर्थात पृथ्वीमै गाडिने हराऊने थिएन कि भन्ने पनि लाग्छ ।

No description available.

त्यसैले प्रतिबर्ष खोजी गरी एक समयमा देखिएका गरिएका कार्य मानव ईतिहासमा सधैं जिवित रहनसमेत मद्धत पुग्नेथियो भन्ने हेतुले यी प्रसंग अगाडि सार्ने जमर्को गरेको हुँ । विज्ञ समुदाय माझ संस्थागत गर्न यति नै काफी होलाकि भन्ने पनि ठानेको छु ।
अन्तमा पुनः एक पटक लिंकन युनिभर्सिटी ओकल्याण्डलाई धन्यवाद र अनररी डक्ट्रेट सम्मान पाऊने गोरखाली छोरा डा अनिल बाबु अर्याललाई हृदय खोलेर बधाई दिन चाहन्छु ।

हिमालयको देशबाट पातालदेश अमेरिका आई बसोबास गर्ने सबै नेपाली दाजुभाइ दिदी बहिनी छोराछोरी आआफ्ना कार्य क्षेत्रमा सफल र सम्मानित होऊन् भन्ने कामना गर्दछु, धन्यवाद ।
(हाल नर्थ क्यारोलाईना, युएसए)

प्रतिक्रिया दिनुहोस्