| शनिबार, बैशाख ८, २०८१

दृष्टिविहीनहरुको क्रिकेट अभ्यास खेल सम्पन्न

गोरखाका दृष्टिविहीनहरुको क्षमता अभिवृद्धि गर्न सुरु गरिएको व्रिmकेट अभ्यास सम्पन्न भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा हरमटारी रंगशालामा पाँच दिने व्रिmकेट अभ्यास सम्पन्न विहिबार भएको हो ।

दृष्टिविहीन भएका व्यक्तिहरुको क्षमता वृद्धि गर्ने र खेलकुदमा रुची बढाउन र जिल्ला, राष्टू र अन्र्तराष्टिूय क्षेत्रमा व्रिmकेटको माध्यमबाट नेपाललाई चिनाउन मद्दच पुगोस भन्ने उद्देश्यले व्रिmकेट अभ्यास खेल आयोजना गरिएको गोरखा नेत्रहीन संघका अध्यक्ष पवनकुमार बस्नेतले बताए ।

गोरखामा दृष्टिविहीनहरुका लागि पहिलोपटक व्रिmकेट खेलको अभ्यास भएको हो । सो अवधिमा उनीहरुलाई बलिङ, फिल्डिङ, ब्याटिङ कसरी गर्ने भनेर सिकाइएको नेत्रहीन व्रिmकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले बताए । दुई जना प्रशिक्षकबाट जिरो लेबलदेखि नै उनीहरुलाई व्रिmकेट सम्बन्धी प्रशिक्षण दिने दिएको उनले बताए । उनीहरुलाई प्रशिक्षक सुनिला राना र सुरेन्द्र तामाङले प्रशिक्षण दिएका थिए ।

अभ्यास खेल सम्पन्न भएपछि गोरखाका व्रिmकेट टिम बनाएर प्रदेशस्तरीय प्रतियोगितामा सहभागि जनाउने बताइएको छ । सोहि अवसरमा नेत्रहिन क्रिकेट संघ गोरखाको तदर्थ समिति गठन भएको छ । पवन कुमार बस्नेतको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको सचिवमा विष्णु पोखरले, कोषाध्यक्षमा मिना भुजेल चयन भएका छन् । समितिको सदस्यहरुमा रोजिना घिमिरे, मनिषा पोखरेल, किरण पन्त, गिता माया श्रेष्ठ, पशुराम भट्ट, बृद्ध गुरुङ र सोनिषा गुरुङ रहेका छन् ।

समितिले जिल्ला भित्रका दुष्टिविहिन, अपाङ्गता भएका व्यक्तिहरुलाई व्रिmकेट खेल्न सघाउने र विभिन्न सयम व्रिmकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । जेठ २२ गतेबाट सुरु भएको व्रिmकेट अभ्यास खेलमा महिला र पुरुष गरी ३४ जना दृष्टिविहिन भएका व्यक्तिहरुको सहभागिता रहेको नेत्रहीन संघ गोरखाले जनाएको छ । कार्यक्रमलाई गिता माया श्रेष्ठले सहजीकरण गरेकी थिइन् । गोरखा नगरपालिकाकी उपप्रमुख मसली माथा थोकरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेत्रहीन व्रिmकेट संघ नेपाल २०६३ सालमा स्थापना भएदेखि दृष्टिविहीन महिला र पुरुषलाई व्रिmकेट सम्बन्धी अभ्यासहरु सिकाउदै आएको उनले बताए । यो वर्ष १२ वटा जिल्लामा व्रिmकेटको संस्था विकास गर्ने योजनामा रहेको उनले बताए । नेपालले हरेक वर्ष दृष्टिविहीन व्रिmकेटको विश्वकपमा पनि सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्