| आइतवार, बैशाख १९, २०८३

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ

अन्नपूर्णबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको सहकारी संस्थाको १९ औँ विशेष साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा सरुना पोखरेल, सचिवमा सुमेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानु अधिकारी अर्याल, सहसचिवमा लक्ष्मण आचार्य चयन भएका छन् । सदस्यहरुमा विष्णु खनाल, दिपक श्रेष्ठ, चन्द्रिका गुरुङ तामाङ, कल्पना दवाडी, सूर्यमाया श्रेष्ठ, विन्दा रोकाया नेपाली चयन भएका छन् ।

लेखा समितिको संयोजकमा विनोदबाबु अर्याल र समितिको सदस्यहरुमा सुनील न्यौपाने चयन भए । ऋण उपसमितिको संयोजकमा बुद्ध शाही, शिक्षा उपसमितिको संयोजकमा लालप्रसाद श्रेष्ठ र सदस्यमा पुष्पराज भट्टराई चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारीको ऐन, विनियमको आधारमा संस्थालाई थप व्यवस्थित बनाउदै लैजाने र सबै काम कम्युटर प्रणालीबाट हुने बताए । देशको आर्थिक मन्दी भइरहेको अवस्थामा संस्थाको जिम्मेवारी निभाउनु चुनौतीपूर्ण रहेपनि नयाँ कार्यसमितिले सबैलाई मिलाएर लैजाने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्