| सोमवार, असार १३, २०७९

स्वयम्भुबाट १ किलो सुन सहित २ जना पक्राउ

बैंकको कर्मचारी हुँ भन्दै सुन ठगेर एक पुरुष फरार

टाईसुट सहित हातमा सुनको औँठी र सिक्री लगाएका, हेर्दा भलादमी देखिने एक पुरुषले गोरखाका दुई जना सुन ब्यवशायीलाई ठगेर फरार भएका छन् ।

आफू सानिमा वैँकको वसन्त उपाध्याय नामको कर्जा अधिकृत हुँ भन्दै गोरखा सदरमुकाममा सुन ब्यापार गरेर बस्दै आएका रोमन घिमिरेसँग ५० हजार र जितु सुनारसँग ६० हजार रुपैयाँ ठगेका हुन् । ती ब्यक्तिले दुबै ब्यापारीसँग ६०÷६० लाल सुन लिएका पिडितहरुको भनाइ छ ।

घटना प्रकृति ः

जेठ ३० गते साँझ उपाध्याय सुन पसलमा पुग्छन् । आफु सानिमा बैंकको ऋण अधिकृत भएको ब्यवशायीलाई बताउँछन् । ‘आज मेरो बिबाहको एनिभर्सरी हो । मैले उनलाई केही उपहार दिनुपर्नेछ । मसँग पैसा भएन’, उपाध्यायले आफूलाई सुनाएको कुरा उधृत गर्दै रोमन घिमिरेले भने, ‘म सानीमा बैंकको ऋण अधिकृत हो । केहीदिनमा यहाँकै शाखामा आउँदैछु । यो चेक राखेर मलाई सुन दिनुहोस् ।’ उनले त्यति मात्र भनेनन् रोमन घिमिरेलाई सुनको पेश्कीबापत भन्दै १४ हजार नगद दिए र बाँकी ५० हजारको चेक दिए । चेक दिएपछि उनले भोलिपल्ट बैंकमा सटही गर्न भने ।

सुन लिएबापत जितु सुनारलाई दुई हजार आठ सय मात्रै दिए र ६० हजारको चेक दिए । दुबै ब्यापारीलाई एउटै कुरा भनेर उपाध्यायले सुन लिए । चेक लिएर ढुक्क भएका ब्यवशायीले भोलिपल्ट बैंक पुग्दा चेक सटही भएन । उल्टै उपाध्यायले फोन गरेर आफन्त बिरामी परेकाले काठमाण्डौँ पुगेको हुँद पर्सिपल्ट बैंक जान भने । त्यो दिनदेखि उनको फोन उठ्न छाड्यो । पटक–पटक फोन गर्दा स्विच अफ भएपछि ब्यापारीले आफु ठगिएको थाहा पाए ।

त्यो नाम भएको व्यक्ति सानिमा बैंकको कुनै पनि शाखामा ऋण अधिकृत नभएको खुल्यो । उनको चेकबाट ठेगानासहित विवरण खुलेको छ । बाग्लुङ घर भएका ती ब्यक्तिले काठमाण्डौँस्थित महराजगञ्ज शाखाबाट खाता खोलेको पनि खुलेको छ । ब्यापारीले आपूm ठगिएको भन्दै असार ३ गते प्रहरीमा निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको एसपी केदार खनालले बताए । ‘घटनाको प्रकृति हेर्दा नियोजित ठगी देखिन्छ’, उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्