| सोमवार, असार १३, २०७९

जिल्ला प्रशासन कार्यालयको सेवामा बेथिति

जब देशमा लोकतन्त्र बहाली भयो, त्यसपछि कर्मचारीमा लोकतान्त्रिक आचरण हुनुपर्ने भन्ने विषय उठेको थियो । हरेक बर्षको निजामति सेवा दिवसको दिनमा पहिले कार्यालय पुग्ने सेवाग्राहीलाई खादा, माला लगाएर सम्मान गर्ने परम्परा छ । यो, सेवाग्राहीलाई स(सम्मान सेवा दिनुपर्छ भन्ने भावनाको प्रतिविम्ब हो । कतिपय मुलुकमा कार्यालय प्रमुख नै आँगनमा सेवाग्राहीसित घुलमिल गरी सेवा प्रभावकारी भए नभएको जाँचबुझ गर्छन् भन्ने पनि छ ।

यी सबै प्रसंग सेवाग्राहीलाई प्रभावकारी र स(सम्मान सेवा दिनुपर्छ भन्ने आधारहरु हुन् । यस्ता ज्ञात, अज्ञात नमूनाहरु धेरै छन् । तर जिल्ला प्रशासन कार्यालय गोरखामा राष्टिूय परिचय पत्र र राहदानको फाराम भर्न आएका सेवाग्राहीले धेरै सास्ती खेप्नु परेको छ । जिल्ला भरिको कार्यालयको नेतृत्व गर्ने कार्यालयमा आउने सेवाग्राहीले यसरी सास्ती भोग्नु कत्तिपनि सुहाउँदिलो बिषय होइन ।

एक दिनमा एकसय वटा मात्र राष्टिूय परिचयपत्रको फाराम भर्ने मापदण्ड कार्यालय बनाएको छ । जसले गर्दा बिहान भिस्मिसेमै लाइन बस्न आउनेहरुको भीड लाग्छ । कार्यालय खुल्नु अघि नै सयजना लामवद्ध भइसक्छन् । कार्यालय समयभित्र आउने अन्य सेवाग्राहीहरुको पीडा, वेदना सुन्ने निकाय छ्रैन ।

यति मात्र पनि होइन, एकसय जनाको कोटा पनि घुसपैठले ओगट्छ । एकसय जनाको फर्म भर्न पाइन्छ भनेर दिनभर लाइनमा बसेका सेवाग्राहीलाई पनि कर्मचारीले आज ९० जनाको मात्र भरिन्छ, ८५ जनाको मात्र भरिन्छ भनेर बाँकी १० जना, १५ जनालाई रित्तो हात फर्काइन्छ । ती १०, १५ जनाको कोटामा घुसपैठ हुने गरेको सेवाग्राहीको गुनासो छ ।

राहदानीको फर्म भर्न, सिफारिस लिन आउनेको पिडा यो भन्दा कम छैन । बाहिर फोटो स्टुडियोमा गएर एकहजार, पन्द्रसय, दुईहजार तिरेपछि आजको आजै फर्म भर्न, सिफारिस लिन पाउने, डेट लिन नपर्ने व्यवस्था बारे बजारमा व्यापक आलोचना भइरहेको छ । यस्ता बेथिति अन्त्यका लागि कार्यालयका नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्