| शनिबार, बैशाख ८, २०८१

लेक लागे भेँडीगोठ, पाटन र खर्कमा रौनक बढ्न थाल्यो (फोटो फिचर)

केशव गुरुङ :

यतिबेला धार्चे गाउँपालिका ४ लाप्राकका लेकका खर्कहरुमा रमझम बढेको छ । रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, स्ङिकुरा, ताप्ले, राजनखर्क लगायतका लेकका खर्कहरुमा वर्षदिनपछि गोठहरु भरिभराउ भए । नजिकै बौद्ध हिमाल, रुप्से ताल, मनै लोभ्याउने हरियाली वनजंगलमा गोठ लिएर गोठाला पुगेपछि रौनक झनै बढेको छ ।

No description available.
No description available.

वर्षदिनपछि लेकमा गोठ लैजान पाउँदा गोठालाहरु रमाइरहेका छन् । वर्षमा एक पटकमात्र लेकमा गोठ लैजाने परम्परा छ । यहाँ हरेकवर्ष गोठ समितिले निर्णय गरे पछि मात्र असारको अन्तिम साता लेकमा गोठ लैजाने परम्परा छ । गोठ समितिकै निर्णयअनुसार गत असार १८ गते यहाँका सबै गोठहरु लेक खर्कहरुमा पुगेका हुन् ।

No description available.

अहिले लेक पुगेका गोठहरु साउनका अन्तिम सातादेखि क्रमश बेसी झर्न सुरु गर्दछन् । यहाँका भेँडीगोठ, गाईगोठ, भैँसीगोठ बर्खा लागेसँगै लेक उक्लिने र हिउँद सुरु भएपछि बेसी झर्ने गर्दछन् । बर्खामा बेसीमा गर्मी हुने र हिउँदमा हिमालमा चिसो छल्न गोठालाहरुले वर्षमा दुईपटक गोठ लेकबेसी गर्दै आएका छन् ।

No description available.
No description available.

अहिले यहाँका गोठालाहरु सबै आ–आफ्नै काममा व्यस्त छन् । लेकमा खेतीबाली नहुने र प्रशस्त घाँस मात्र हुने भएकाले गाईबस्तुलाई साँझ बिहान गोठमा ल्याएर बाँधिरहनु पर्दैन, छाडा छोड्ने चलन छ । लेकमा घाँस प्रशस्त हुने भएकाले गाईबस्तु चराउन नपर्ने रुप्सेका गोठाला ढिँडे माइला गुरुङ बताउँछन् । ‘लेकमा आएपछि गाईबस्तु त्यतिकै छोडिदिन्छौ । यहाँ घाँस प्रशस्त भएकाले चराइरहन पर्दैन । सबै छाडा छोडिदिने हो’, उनले भने, ‘गाईबस्तु बेलुका गोठमा आपैm आउछन् । हामी आफ्नै काममा व्यस्त हुन्छौँ । साना पाठापाठीहरु मात्र हेरचाह गर्नुपर्छ ।’ गोठालाहरु दिनमा दाउरा टिप्ने, पुराना खर्कहरु मर्मत गर्ने र फलेक ताछ्ने काममा व्यस्त हुने गरेको उनले बताए । उनको गोठमा ३३ वटा गाई र २६ वटा बाख्रा रहेका छन् । गोठमा चार÷पाँच वटा गाईका बाच्छा भएको उनीहरुकोे हेरचार गर्नुपर्ने परेको गुरुङले बताए ।

No description available.

वर्षभरि छरिएर रहने गोठहरु लेकका खर्कहरुमा एकै ठाउँमा भेट हुँदा खुसी लाग्ने गरेको अर्का गोठाला सुरमान गुरुङले बताए । उनले भने, ‘बर्षभरि को कहाँ गएको हुन्छ । भेट नै हुदैन तर लेकका खर्कहरु भने एकै ठाउँमा भेट हुन्छ । रुप्सी खर्कमा मात्र मात्र १७ वटा गोठ छन् ।’ माल्बु, निम्रा, ताप्ले खर्क, च्वाकाङ लगायतका खर्कहरुमा पनि धेरै गोठ रहेको गुरुङले बताए ।

No description available.

No description available.

यहाँ गाईगोठको तुलनामा भेँडीगोठ केही समय अगाडि लेक उक्लने गर्दछन् । लेखर्क, राजन खर्क हुँदै लेक पुगेका भेडीगोठ क्युकेलाङकुलुङ, गापे चे, भुल्मे पुसा हँुदै खय चाङसम्म पुगेर भर्दौ महिनामा बेसी झर्ने गर्दछन् । गाईगोठको तुलनामा भेँडीगोठ छिटो लेक उक्लने र ढिलो गरी बेसी झर्ने गर्दछन् । असारदेखि भदौ असोजसम्म भेडी गोठ लेक रहने स्थानीय धनराज गुरुङले बताए । यसपछि हिउँदमा हिमाल हिउँ पर्न सुरु हुन्छ । यस बेला लेकमा बढि चिसो हुने, घाँसहरु सबै हिउँ र आइसले ढाकिने हुँदा भेँडीगोठहरु सबै बेसी झर्ने गर्दछन् । बर्खाको समयमा बेसीमा बढी गर्मी हुने भएकाले भेडीगोठहरु लेक उक्लने गरेको उनको भनाइ छ ।

No description available.

कात्तिक र मंसीर दुई महिना भेँडीगोठ गाउँ वरिपरि रहन्छ । पुसदेखि वैशाखसम्ममा लाप्राकका भेँडीगोठ बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी, आप्री, थुमी लगायका ठाउँमा चरिचरणका लागि ल्याउने गरिन्छ । त्यस क्षेत्रमा चरिचरण उपभोग गरेबापत प्रतिगोठले बार्षिक सात देखि आठ हजार सम्म शुल्क तिर्ने गरेको छ ।

No description available.

लाप्राकका भेडीगोठ, गाईगोठहरु चरिचरनका लागि कुनै समस्या नरहे पनि नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा गोठको संख्या बर्सेनी घट्दै गएको स्थानीय यमबहादुर गुरुङले बताए । उनका अनुसार लाप्राकमा २२ वर्षअघि २६ वटा भन्दा बढी भेडीगोठ थिए । तर अहिले भेडीगोठ जम्मा आठ वटा रहेका छन् । त्यस्तै, पहिले एउटै खर्कमा ४०, ४५ वटा गाइगोठ हुने गरेको अहिले १७÷१८ वटा मात्र गोठहरु रहेको उनले बताए । योसंख्या विस्तारै हराउने क्रममा रहेका उनी बताउँछन् ।

No description available.
No description available.

गोरखाको उत्तरी भेगमा व्यवसायिक भेडा पालनको लागि राम्रो मानिन्छ । यहाँका बासिन्दाले परापूर्वक कालदेखि भेडा पाल्दै आएका छन् तर नयाँ पुस्ता भेडा पालनप्रति चासो नदेखाउँदा यहाँको परम्परा नै मासिने अवस्थामा पुगेको स्थानीयहरु बताउँछन् ।

No description available.
No description available.

तस्बिर : यम बहादुर गुरुङ÷आसमान गुरुङ

प्रतिक्रिया दिनुहोस्