| शनिबार, जेष्ठ ५, २०८१

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित गोरखाका धावा ग्याल्जेन पक्राउ


कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा गोरखा धावा ग्याल्जेन लामा पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधवार राती पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ वर्षीय धावा ग्याल्जेनलाई पक्राउ गरेको हो ।


प्रहरीका अनुसार सादा पोसाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ को धावालाई बुधवार राति पक्राउ गरेको हो ।


बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई स्रोत नखुलेको ३२ लाख र उनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका धावा नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन ।

उनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्